रुपैडिया नाकाबाट महिला तस्करी बढदो


दुई महिनामा सयभन्दा बढी महिलाको उद्धार

प्रकाशित मिति :2016-10-17 14:47:43

प्रकाश सिंह
maitiनेपालगंज । रुकुम खलङ्गा बस्ने १६ वर्षीया कलु लुवार (नाम परिवर्तन) भारतमा नोकरी लगाईदिने भन्दै दलालले फकाए ।  उनलाई घरबाट दलालले नेपालगंज पुर्‍याए । प्रहरीले सोधे सामान किन्न रुपैडिया जान लागेका भन्नु भनेर दलालल उनलाई सिकाए । ती दलाल सीमा पार गर्ने बेला रुपैडिया बसपार्कमा भेट्ने भन्दै कलुलाई अलग्गै रिक्सामा पठाएर आफू मोटरसाईकलमा गए ।

नाकामा नेपाल प्रहरी र माईती नेपालका प्रतिनिधिले कलुलाई सोधपुछ गरे । पहिला त उनले सामान किन्न जान लागेको भनिन् । महिला प्रहरीले अलि केरकार गरेपछि बिस्तारै उनी खुल्दै गईन् । उनलाई दलालले भारत लैजान लागेको  खुलासा भयो । प्रहरीले  उनलाई उनका आफन्तको जिम्मा लगायो ।

त्यस्तै बर्दिया तारावान बस्ने १९ वर्षीया प्रमिला के.सी (नाम परिवर्तन) लाई दलालले भारतको बाटो हुँदै खाडी मुलुकमा पठाउने भन्दै फकाएर लैजान खोज्दा रुपैडियामा  प्रहरीले उद्धार गरे ।

कोही महिला एक्लै आउँछन् भने कोही दाजु बहिनी, श्रीमान श्रीमती बनेर नाका पार गर्ने गरेको प्रहरीको भनाइ छ  । रुपडियामा किनमेल गर्न जाने बाहना बनाएर सबै भन्दा धेरै महिला आउने गरेको सीमामा कार्यरत  प्रहरीले वताएको छ ।

 दाङ्ग तुल्सीपुरकी ३२ वर्षीया रेम्वा बुढा (नाम परिवर्तन) भारतमा आकर्षक कमाई हुने भन्दै दलालले फकाएर जाने बेला रुपैडियामा पक्राउ परिन् । तर उनलाई  दलालको फन्दा पारेको कुरा थाहा थिएन । प्रहरीले पक्राउ गरेपछिमात्र उनी झस्किइन् ।

नेपालगंजको रुपैडिया नाकाबाटमात्र दैनिक दशदेखि पन्ध्रजना महिलाको उद्धार हुने गरेको जमुना ईलाका प्रहरी कार्यालय नेपालगंजले जनाएको छ । उद्धार हुनेमा प्राय १६ देखि ४० वर्ष उमेरका रहेका छन् । यसरी जानेमा पुर्वका जिल्ला, सिन्धुपाल्चोक, गोरखा, रोल्पा, दैलेख, दाङ्ग, सल्यानका महिला रहेका छन् । यताबाट फकाएर लैजाने र भारतमा लगेर कोठीमा बिक्री हुने गरेको माईती नेपालमा कार्यरत एक कर्मचारीले वताईन् ।

पछिल्लो समयमा नेपालगंजको रुपैडिया नाका  दलालले महिलालाई भारत लैजाने मुख्य नाकाका रुपमा प्रयोग गर्दै आएको प्रहरीको भनाइ छ  । गएको दुई महिनामामात्र यो नाकामा १ सय २२ जना महिलाको उद्धार गरेको जमुना ईलाका प्रहरी कार्यालय नेपालगंजका ईन्चार्ज प्रहरी निरिक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए ।

ती महिलालाई दलालले फकाएर भारतमा नोकरी लगाईदिने, खाडी मुलुकमा जागिर लगाईदिने र केहीले बिहे गरेर लग्ने गरेको क्षेत्रीले वताए । साउन यता चार जना दलाललाई पक्राउ गरी मुद्दा समेत चलाएको उनले वताए । ‘जाँच कडा पारेका छौं, तर यति हुँदाहुँदै पनि केही त आफूहरूलाई ठगेर सीमा कट्ने गरेको प्रहरी निरिक्षक क्षेत्री बताउँछन् ।

रुपडिया नाकाबाट महिलाहरू नेपाल बाहिर तस्करी हुने गरेको माइती नेपाल नेपालगंजले वताएको छ । भारतीय बजार रुपैडिया नजिकै र यो नाकाबाट भारतका बिभिन्न शहरमा जान सहज हुने भएकाले यो नाका बढी मात्रामा प्रयोग हुने गरेको माईती नेपाल नेपालगंजका प्रमुख केशवराज कोइराला  वताउँछन् । अशिक्षा गरिबी र बेरोजगारका कारणले महिला यसरी विदेशी तिर जाने गरेको उनले वताए  । कोही महिला भारतमै बिक्री हुने र कोही भारतबाट खाडी मुलुक जाने गरेको माइती नेपालले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: