उद्योग सञ्चालकको शोषण सहन नसकी महिलाले गरिन् आत्महत्या


घटना रहस्यमय भएको भन्दै परिवार न्यायको खोजीमा

प्रकाशित मिति :2016-10-17 15:59:38

पार्वती पाण्डे

pidit
कपिलवस्तु । बुढेसकालको सहारा एकमात्र छोराको दुर्घटनामा दुःखद मृत्यु भएपछि मन भुलाउने बाटो खोज्दै पहाडको फुसको छानो छाडेर तराई झरेका एक परिवारमा फेरि बज्रपात भएको छ । दाजुको अकल्पनीय निधनको पीडालाई सहँदै आएको परिवारले आमालाई पनि अस्वभाविक रुपमा गुमाउनु परेको छ । समाजका भद्र भलादमी र उद्योगपति मानिनेबाट नै पीडित बनेपछि ज्यानसम्म गुमाउन बाध्य हुनु परेको हो ।

साँझ बिहानको छाक टार्न कपिलवस्तुको बाणगंगा न.पा. देउवापारस्थित पाँचतारा खाद्य उद्योगमा कार्यरत कामदार महिलाले गरेको आत्महत्या यतिबेला रहस्यमय बनेको छ । बाणगंगा न.पा–१४ की खेमकला बेल्वासेले २७ गते राती गरेको आत्महत्या रहस्यमय भएको स्थानीयले दाबी गरेका छन् । बेल्बासेले घर नजिकको रुखमा भुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परे पनि घटना गम्भीर र रहस्यमय भएको स्थानीय भोजराज भट्टराई बताउँछन् ।

उद्योगका सञ्चालक गिरीराज पौडेलले ती महिलालाई पटक–पटक अमानवीय र अपमानजनक व्यवहार गर्दै जर्वजस्ती करणीको प्रयास गरेकोे उद्योगमा कार्यरत मृतकका श्रीमान भविश्वर बेल्बासेले बताए  । खेमकला र उनका श्रीमान भविश्वर दुबै गिरीराज पौडेलको खाद्य उद्योगमा काम गर्थे । सञ्चालक पौडेलले आफ्नी श्रीमतीलाई यौन शोषणको प्रयास, दुव्र्यवहार र अपमान गर्ने गरेको कुरा भविश्वरलाई पनि थाहा थियो । तर, यो कुरा बाहिर लगेमा ज्यान मार्ने धम्की परिवारलाई नै दिँदै आएका कारण उनीहरूले आफ्नो पीडा कसैलाई नभनेको उनी बताउँछन्  ।

आत्महत्या गर्नु  अघिल्लो साँझ खेमकलाले पौडेलको अमानवीय र अपमानजनक व्यवहार सहन नसकी रोइकराई गरेपछि उद्योगका सञ्चालक पौडेलले  पीडित परिवार समक्ष अमानवीय कार्य नदोहो¥याउने र चाहिए अनुसार पैसा दिने गरी कागज गर्नुले घटना नियोजित र रहस्यमय बनेको स्थानीयको भनाइ छ  ।

मृतक बेल्बासेको घरको ढोका दुवै तर्फ लागेको अवस्थामा घर माथिको छतबाट हाम फालेर किम्बुको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । मृतक रुखमा झुण्डिएको भएता पनि खुट्टाले भुइमा टेकेको अवस्थामा शव फेला परेको प्रत्यक्षदर्शीले वताए । मृतककी छोरी मनिका बेल्वासेले आमालाई शारीरिक तथा मानसिक यातना  दिँदै आएकोले पीडकले नगद दिएर घटना गोप्य राख्न खाजेको बताइन  । छोरीले गहभरी आशु पार्दै महिला खवरसँग भनिन् – ‘प्रहरीले हाम्रो पीडालाई गम्भीर रुपमा लिएको  छैन ।’ मृतकका भाई धनिश्वर घिमिरेले प्रहरीले अनुसन्धान नगरी दाह सँस्कार गर्न जवरजस्ति कागज गराउन खोजेको आरोप लगाए  ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णु प्रसाद पोख्रेलले मृतकका श्रीमानले प्रहरीमा किटानी जाहेरी दिएकाले घटनाको गहिरो अनुसन्धान गरी दोषी ठहरिए कारबाही गरी छाड्ने प्रतिबद्धता जनाए  । पोख्रेलले पोष्मार्टमको रिपोर्टका आधारमा अनुसन्धान गरिने बताए  । आइतबार दिउँसो स्थानीय महिलाले यस्ता घटनाले आफूहरु समेत असुरक्षित महसुस गरेको र घटनाको सत्य तथ्य छानविन गर्न माग गर्दै उद्योगका सञ्चालक पौडेलको वोडगाउस्थित घर घेराउ गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: