उद्योग सञ्चालकलाई कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा प्रर्दशन


प्रकाशित मिति :2016-10-18 11:55:29

पार्वती पाण्डे

दोषीलाई कारवाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीयवासी र अधिकाकर्मी ।

दोषीलाई कारवाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीयवासी र अधिकाकर्मी ।

कपिलवस्तु   ।  बाणगंगा नगरपालिका निवासी  ४५ वर्षीया खेमकला बेल्वासेको गत असोज २८ गते  विहान भएको रहस्यमय मुत्युको घटनाको विषयमा दोषीलाई कारवाहीको माग गर्दै पीडित परिवार र स्थानिय महिलाले   इलाका प्रहरी कार्यालय पिपरामा सोमवार दिनभर प्रदर्शन गरेका छन् । आक्रोसित रुपमा चर्का नारा लगाउँदै  इलाका प्रहरी कार्यालय पुगेका पीडित तथा स्थानीयलाई  नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको थियो  ।

सयौंको संख्यामा गएका स्थानीयवासीले खेमकलाको  हत्यामा संलग्न दोषीलाई कारवाहीको माग गरी शान्तिपुर्ण तबरवाट नारावाजी गरिरहेका  प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको आरोप स्थानिय विष्णु माया खड्काले लगाउनुभयो  । ‘घटना भएको चारदिनसम्म अनुसन्धान नगरेपछि स्थानीय  आक्रोसित हुँदै गाडी नै लिएर इलाका प्रहरी कार्यालय पिपरामा घेराउ गर्न आएका हुन्’ उहाँले भन्नु भयो ।  आफ्नी आमाको हत्यारालाई कारबाही गर्न किटानी जाहेरी दिँदासम्म प्रहरीले बेवास्ता गरेपछि आईतवार पीडित परिवारले  घटनाको सार्वजनिक गरेका थिए ।

छोरीहरूले आक्रोसित हुँदै आमाका हत्यारालाई कारवाही गर्नुपर्ने माग राखेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै सोमवार विहान खेमकला र उनका श्रीमान कार्यरत तौलिहवाका खाद्य उद्योगका सञ्चालक गिरीराज पौडेललाई गिरफ्तार गरेको छ । प्रहरीले घटनालाई कमजोर पार्न खोजेको तथा अनुसन्धान गर्न ढिलाई गरेकोमा  अधिकारकर्मीले  प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । सोमवार विहान स्थलगत अनुगमन गरेका मानवअधिकारकर्मीले पीडितका परिवार, स्थानीयवासी र इलाका प्रहरी कार्यालय पिपरामा गई घटनाको वास्तविकतावारे जानकारी लिएका थिए ।

मानवअधिकारकर्मी  एलाइन्सका केन्दीय उपाध्यक्ष पोमनारायण पौडेल, केन्द्रीय सदस्य सुर्यकुमारी शाही ,जिल्ला अध्यक्ष रोमकान्त घिमिरे तथा इन्सेक प्रतिनिधि नन्दराम पौडेलसहितको अधिकारकर्मीको टोलीले घटनाको स्थलगत अनुगमन गरेको थियो  । सो घटना अनुगमनको क्रममा घर परिवार छरछिमेक सबैले घटना रहस्यमय  भएको बताएको अधिकाकर्मीहरूको भनाइ छ । स्थलगत अनुगमनपछि उनीहरूले विज्ञप्ति निकाली उक्त घटना वारे सुष्म अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाई दोषीलाई सार्वजनिक गर्न तथा मानिसको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गरेका छन् ।

२७ गते राती १२ बजेपछि घरवाट हराएकी खेमकला बेलवासेलाई २८ गते विहान ७ बजे घर नजिकैको किम्बुको रुखमा झुन्डीएको अवस्थामा स्थानीयले फेला पारेका थिए । झुन्डिएको अवस्थामा  उनको खुट्टाले भुई छोएको , झुन्डीएको रुख पाँच फिट अग्लो रहेको, तर बेलवासे ५ फिट ४इन्च उचाई रहेकोकाले आफै झुन्डीएको नभई कसैले झुन्डाएको हुन सक्ने स्थानीयको अनुमान छ । स्थानीयका अनुसार घटना रहस्यमय हुँदाहुँदै प्रहरीले परिवारका सदस्य तथा स्थानीयसँग सरोकार नराखि  पोष्टमार्टम गरिएको र पोष्टमार्टमपछि  दाहसंस्कारका लागि

जवरजस्ती आफन्तलाई दिएको भन्ने विषयमा मानवअधिकारकर्मीको चासोको विषय बनेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।यसै सन्दर्भमा मृतकका श्रीमान भविश्वर बेल्वासेले आफ्नी श्रीमतीको रहस्यमय तरिकावाट हत्या भएको हुनसक्ने भन्दै अनुसन्धान गर्न किटानी जाहेरी दिएका थिए । मृतक खेमकला बेलवासे तथा उनका श्रीमान भविश्वर बेलवासे तौलिहवा जितपुर सडकखण्डको कर्मानामा पाँचतारा खाध्य उद्योगमा काम गर्दा उद्योगका संचालक गिरीराज पौडेलले पटक पटक श्रीमतीमाथि यौनजन्य कृयाकलाप तथा दुव्र्यवहार गर्दै आएको घटनाको एकदिन अगाडिमात्र  स्थानीयको रोहवरमा अव आइन्दा यस्ता कृयाकलाप नगर्ने भनी सहमतिमा कागज समेत गरेको, तर अरुलाई बताए मार्ने धम्कि दिँदै आएको मृतकका श्रीमान भविश्वर बेलवासेले जानकारी दिएका थिए ।  लिखत गरेपनि गिरीराज पौडेलले आफू र श्रीमानको हत्या गर्न सक्ने भन्दै खेमकलाले परिवारका सदस्यलाई पटक पटक प्रहरीमा उजुरी गर्न जाउँ भन्दाभन्दै उनको ज्यान गएको छोरी दिपा बेल्वासेले बताएकी छन् ।

थप समाचार….

उद्योग सञ्चालकको शोषण सहन नसकी महिलाले गरिन् आत्महत्या

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: