महिला खबर
काठमाडौं । बालबालिकालाई भिटामिन ए खुवाउन काठमाडौंको टेवहालमा बसेका स्वास्थ्यकर्मीले भिटामिन एमात्रै खुवाएनन्, बालबालिकालाई पौष्टिक आहार पाइने खानेकुरा समेत नाङ्लोमा राखेर अभिभावकलाई यसको महत्वबारे बुझाए । उनीहरूले बालबालिकालाई कुपोषण हुनबाट बचाउन ‘हरेक बार, खाना चार’ भन्दै नाङ्लो भरी बिभिन्न पौष्टिक खानेकुरा राखेर आफ्ना बालबालिकालाई भिटामिन ए खुवाउन आएका अभिभावकलाई बच्चाको खानाको महत्वका बारेमा बुझाएका हुन् ।
स्वास्थयकर्मी मंगलदेबी महर्जनले भनिन् ‘मुखलेमात्रै भन्दा उनीहरूले गम्भीर रुपमा लिँदैनन र आफ्नै घरमा छ नी भनेर बेवास्ता गर्छन्, तर यसरी सवै खानेकुरा प्रदर्शन मै राखेर कुन खानेकुरामा कस्तो पौष्टिक तत्व पाइन्छ भनेर बुझाउँदा सजिलै बुझ्ने भएकाले सवै खाने कुरा नाङ्लोमा राखेर ल्याएका हौं । ’
उनीहरूले अन्न, सागपात, फलफुल र मासुबाट पाइने पोषणतत्वका बारेमा बुझाउन नाङ्लोमा यी सवै खाद्य पदार्थ राखेको थिए । ‘भिटामिन ए खुवाउने कार्यक्रममा खानेकुरा पनि राखेर बुझाउ भनेर कसैले भनेको होइन हामी आफैँले यसो गरेका हौं’ महर्जनले थपिन् ।
Comment Here!