बेलिना थापा
लमजुङ । पछिल्लो समय लमजुङमा उमेर नपुगी बच्चा जन्माउनेको संख्या उच्च रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ७ सय ५३ जना किशोरीले उमेर नपुगी बच्चा जन्माएका छन् ।
उनीहरू सबै १९ वर्ष भन्दा मुनिका रहेको कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत अम्विका केसीले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी भोर्लेटारमा २६ जना किशोरीले उमेरै नपुगी बच्चा जन्माएका छन् ।
यस्तै खुदीमा २५, चक्रतिर्थमा २४, धमिलिकुवामा २१, चिसंकुमा १९ र रम्घामा १८ जनाले उमेर नपुगी बच्चा जन्माएको तथ्याङ्कले देखाउँछ । अन्य स्थानमा समेत सोही संख्यामा उमेर नै नपुगी बच्चा जन्माउने रहेको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कले जिल्लामा वालविवाह उच्च रहेको देखाएको स्वास्थ्यकर्मी बताउँछन्
शिक्षा र चेतनाकै कमीका कारण बढ्दो बालविवाह र सानैमा बच्चा जन्माउने समस्या बढीरहेको स्वास्थ्यकर्मीले बताए । कम उमेरमा बच्चा जन्माउने समस्यासँगै जिल्लामा असुरक्षित गर्भपतन गर्नेको संख्या समेत उल्लेख रहेको पाइएको छ । बढी मात्रामा जिल्ला बाहिर गएर असुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या बढेको पाइएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
Comment Here!