महिला खबर
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधान नेपालको आधुनिक इतिहासकै सबैभन्दा प्रगतिशील र महिलाअनुकूल भएको बताउनुभएको छ ।
‘महिला, नेतृत्व र दक्षिण एसियामा अर्थतन्त्र’ विषयमा आजदेखि काठमाडाैंमा सुरु भएको क्षेत्रीय सम्मेलनमा बाेल्दै देउवाले नेपालमा जारी भएको संविधान महिला अधिकारका क्षेत्रमा ऐतिहासिक रहेको बताउनुभयो । नेपालको संविधानले महिलाको सम्पत्तिमाथिको अधिकार र प्रजनन् अधिकार सुनिश्चित गरेको उहाँको भनाइ थियो ।
उहाँले गुणस्तरीय शिक्षाले मात्र महिलाको आर्थिक क्रियाकलापमा सहभागिता बढाउन सकिने भन्दै महिलाको आर्थिक र सामाजिक जीवनस्तर माथि उकास्न आर्थिक क्रियाकलापमा लाग्न उनीहरूलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा परराष्ट्रमन्त्री डा प्रकाशशरण नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्व गरेको र यसबाट विश्वमा नयाँ सन्देश गएको बताउनुभयो । उहाँले नीति निर्माण तहमा महिलाको सहभागिताले महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । दुईदिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका नेपालसहित पाकिस्तान, अफगानिस्तान, भुटानका महिला सहभागी छन् ।
Comment Here!