महिला खबर
एजेन्सी । पाकिस्तानको तल्लो सदनले एतिहासिक विधेयक पारित गरेको छ जसले पाकिस्तानी अल्पसंख्यक हिन्दुलाई विवाह दर्ताको अधिकार दिनेछ र यसको मुख्य उद्देश्य महिलाको अधिकार सुनिश्चित गर्नु रहेको रोयटर्सले जनाएको छ ।
पाकिस्तानी अधिकारकर्मीहरूका अनुसार हिन्दु महिला बलात्कार तथा अपहरणका निसाना हुने गरेका छन् किनकि पाकिस्तानमा उनीहरुको विवाह दर्तालाई सरकारी रुपमा तथा आधिकारिक रुपमा स्विकार गरिँदैन र अदालतमा पनि प्रमाणित गर्न सकिँदैन ।
गत सोमवार राष्ट्रिय सभाले १० महिनापछिको छलफल र परीक्षणपछि उक्त विधेयक पास गरेको छ। रोयटर्सका अनुसार मन्त्रिपरिषदले अब विनाकुनै समय लिई यस सम्बन्धि कानुन पास गर्ने आशा गरिएको छ ।
पाकिस्तानमा कुल जनसंख्याको १।६ प्रतिशत संख्या हिन्दुको रहेको छ । तर त्यहाँ उनीहरूको विवाहदर्ता गर्ने कुनै पनि संयन्त्र छैनन् जसले गर्दा महिलालाई धेरै समस्या हुने गरेको थियो । नयाँ विधेयकले हिन्दुहरूको विवाहको उमेर कम्तिमा १८ वर्ष तोकेको छ। अन्य धर्मका पुरुषका लागि विवाह गर्न उमेर हद १८ वर्ष र महिलाका लागि भने १६ वर्ष रहेको छ।
कानुन उल्लंघन गर्नेलाई ६ महिना जेल र ५ हजार रुपैयाँ जरिवाना सजाय हुनेछ। यूनीसेफको अनुमान अनुसार पाकिस्तानमा २० (२४ उमेर समूहका महिला मध्येमा २१ प्रतिशत महिलाको विवाह १८ वर्ष उमेर अगाडि र ३ प्रतिशतको भने १६ वर्षमै विवाह गर्ने गरेको पाईन्छ।
पाकिस्तानि मानव अधिकार आयोक प्रमुख जोहरा युसुफ भन्छिन् विवाहको प्रमाणले हिन्दु महिलालाई धेरैनै संरक्षण प्रदान गर्नेछ।
Comment Here!