जेष्ठ नागरिकलाई सम्मान गर्न राष्ट्रपति विराटनगर आउने


प्रकाशित मिति :2016-10-20 10:15:56

महिला खबर
dsc_8837

सुनसरी । विराटनगरमा आयोजना हुन लागेको जेष्ठ नागरिक महोत्सवमा जेष्ठ नागरिकलाई सम्मान गर्न राष्ट्रपति विद्या भण्डारी विराटनगर आउनुहुने भएको छ ।

मनमोहन स्मृती प्रतिष्ठानले शनिवार विराटनगरको जैन भवनमा आयोजना गर्ने महोत्सवमा सत्तरी वर्ष उमेर पुगेका पूर्वाञ्चलका जेष्ठ नागरिकलाई विशेष अभिनन्दन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले एक सय वर्ष उमेर पुगेका सबै वृद्धवृद्धालाई व्यक्तिगतरुपमै सम्मान अर्पण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन । सम्मान कार्यक्रममा दुई हजार जेष्ठ नागरिकलाई सहभागी गराउने तयारी छ ।

पुर्वाञ्चलभरबाट प्रतिनिधिमुलकरुपमा वृद्धवृद्धालाई विराटनगरमा ल्याइने एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले जानकारी दिनुभयो । पहाडी जिल्लाबाट अघिल्लो दिन नै जेष्ठ नागरिकहरू विराटनगरमा आउनेछन् । आयोजकका अनुसार कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारलगायतका विशिष्ठ व्यक्तित्वहरू सहभागी हुनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: