महिला खबर
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले भीमेश्वर नगरपालिकामा अवैध रुपमा उत्पादन र बिक्री वितरणको लागि राखिएको ३ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरी नायव निरीक्षकको कमाण्डमा गएको टोलीले बिष्णुमाया श्रेष्ठ, छिरीङ लामा शेर्पा, गञ्जु लामा र पेम्वा लामा शेर्पाको घरमा अवैध रुपमा उत्पादन गरी बिक्री वितरणका लागि राखिएको उक्त परिमाणको मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सो क्रममा ९ सय ३० केजी मदिरा बनाउन प्रयोग गरिने कच्चा पर्दाथ समेत बरामद गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
Comment Here!