बेलिना थापा
लमजुङ । लमजुङ जिल्लामा महिला हिंसाका घटना बाहिर आउने क्रम बढेको महिला तथा बालबालिका कार्यालयले लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा २६ वटा महिला हिंसाविरुद्ध निबेदन परेको र यीमध्ये घरेलु हिंसा धेरै थिए । यो आर्थिक वर्षको हालसम्म सात वटा महिला हिंसाविरुद्धका निवेदन परेका छन् । हिंसामा परेका महिला धेरैजसो मौखिक उजुरी लिएर कार्यालयमा आउने गरेको महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले बताउनुभयो ।
कार्यलयमा आएर र फोन सम्पर्कबाट पनि घटनाको बारेमा बताउने गरेको उहाँले बताउनुभयो । अहिले समाजमा चेतना बढेसँगै महिला शसक्त भएका कारण पनि उनीहरू आफ्नो पीडालाई खुलेर भन्न थालेको लामिछानेको भनाइ छ । विभिन्न संघसंस्थाले गाउँगाउँमा विभिन्न गोष्ठी, तालिमको व्यवस्था गरेका कारण कानुनी सचेतना बढेकाले हिंसाका घटना आउने क्रम बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार महिलामा हिंसा सहेर बस्न हुँदैन, आफ्नो अधिकार पाउनुपर्छ भन्ने कुराको ज्ञान बढ्नुका साथै शिक्षितको संख्या बढ्नाले पनि महिला हिंसाका घटना बाहिर आउन सुरु भएको छ ।
Comment Here!