महिला खबर
एजेन्सी । अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदबार हिलारी रोधाम क्लिन्टन र रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पबीचमा गएराति अन्तिम संयुक्त बहस समाप्त भएको छ । उक्त बहसलाई अमेरिकी राजनीतिमा महत्वपुर्ण मानिएको छ । लस भेगसमा रहेको नेभादा विश्वविद्यालयमा भएको उक्त बहस स्थानीय समयअनुसार साँझ ९ बजे सुरु भएको थियो र ९० मिनेट सम्म चलेको थियो । लामो समयदेखि राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका फक्स न्युजका ६९ वर्षीय क्रिस वाल्सले बहस सञ्चालन गरेका थिए । यसअघि पहिलो वहस २६ सेप्टेम्बरमा भएको थियो भने दोस्रो वहस अक्टोवर ९ मा भएको थियो । ती दुवै वहसपछि हिलारी थप लोकप्रिय देखिँदै गएकी छन्।
गए रातीको बहसमा हिलारीले मुख्यतया राष्ट्रिय सुरक्षा र लैङ्गिकता विषयहरू उठाएर ट्रम्पलाई पछाडि पारेकी थिइन्। जसले न्यूक्लियर हतियार प्रयोग गर्ने कुरा गर्छ र महिलालाई ईज्जत गर्न जान्दैन त्यस्तो व्यक्तिलाई विश्वास नगर्न उनले मतदाताहरुलाई अनुरोध गरेकी थिइन्।
बहशका हाईलाइटस्
- प्रतिद्वन्द्वीहरू बहसपछि हात मिलाएनन् र अमेरिकी प्रचलनलाई तोड्दै बहस अन्त्य गरे ।
- ट्रम्पले चुनावको अन्तिम नतिजा स्विकार्नेवारे सहमति देखाएनन्।
- ट्रम्प र हिलारीलेदुवैले बन्दुक नियन्त्रण र गर्भपतन अधिकार सम्बन्धि भिन्दाभिन्दै विचार प्रस्तुत गरे।
- हिलारीले ट्रम्पलाई पुटिनको खेलौना भनेर दोष लगाईन भने ट्रम्पले हिलारीलाई खराब महिला भनेर आक्षेप लगाए ।
- सर्वेक्षणमा राष्ट्रिय र तल्लो तह दुवैमा हिलारी अगाडि ।
पछिल्ला सर्वेक्षणमा पनि हिलारी नै अगाडि
क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर सोमबार गरिएको मत सर्वेक्षणमा पनि हिलारी क्लिन्टन नै अगाडि देखिएकी छन् । महिलाविरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्ताले जनाएका छन् । सिएनएन र फक्स न्युजले गरेको सर्वेक्षणमा उनका पछिल्ला अभिव्यक्ति, विगतका गलत गतिविधि सार्वजनिक हुनु ट्रम्प पछाडि पर्नुको प्रमुख कारण भएको जनाइएको छ । सन् २००५ मा रेकर्ड गरिएको एउटा टेपमा ट्रम्पले टेलिभिजन कार्यक्रम प्रस्तोतालाई भनेका थिए ‘तिमी हलिउडका एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ ।’
Comment Here!