महिला खबर
काठमाडौं । सभामुख ओनसरी घर्तीको जनेभा जाने कार्यक्रम रद्द भएको छ । स्विजरल्यान्डको जेनेभामा हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन सभामुख घर्ती शुक्रवार त्यसतर्फ जाने कार्यक्रम थियो ।
विशेष राजनीतिक कारणले साताव्यापी भ्रमण रद्द भएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीविरुद्धमा बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँले आफ्नो भ्रमण स्थगित गरेको बताइएको छ ।
महाअभियोगलाई संसद्मा कसरी प्रवेश गराउने भन्ने विषयमा उच्च राजनीतिक नेतृत्वका बीच कुराकानी भइरहेकाले व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँच गरी स्थगित भएको थियो ।
बैठकमा भाग लिन सभामुख घर्तीसहित नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका प्रमुख सचेतक भनुभक्त ढकाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत सहित संसद् सचिवालयका पदाधिकारी जाँदै हुनुहुन्थ्यो ।
Comment Here!