रोग पाल्दै आएका महिलाले गाउँमै पाए उपचार


प्रकाशित मिति :2016-10-20 16:55:18

प्रकाश सिंह

बाजुरा । वाई बस्ने पैसट्ठी वर्षीया लक्ष्मी शाहीलाई दमको बेथाले सताएको नौ वर्ष भइसकेको थियो । उपचार गर्न पैसा नभएका कारण लामो समयदेखि उनले रोग पाल्दै आएकी थिइन् ।

फेज नेपाल नामक गैर सरकारी संस्थाले गाउँमै पुगेर उनको उपचार गरेर औषधि दिएपछि लामो समयदेखि पाल्दै आएको रोग ठिक भएको छ ।  photo-femail-3

परिवार पाल्नलाई समेत हम्मे उनलाई आफ्नो औषधिउपचार गर्ने टाढाको बिषय थियो ।कोटिलाकी गोरखी लुवारले पनि लामो समयदेखि उच्च रक्तचापको समस्या झेल्दै आएकी थिईन् । उनले पनि आफ्नै गाउँमा उपचार र औषधि पाएपछि अहिले उनलाई पहिलाको भन्दा सञ्चो भएको छ ।

‘घर छोडेर बाहिर गएर उपचार गर्ने सम्भावना थिएन्, अहिले घरमै सेवा पाँउदा लामो समयदेखि दमले थलिएकी थिएँ, अहिले सञ्चो भएको छ’ ३८ वर्षीया मना जोशी भन्छिन् ।

सामान्य रोगको उपचारका लागि पनि चारघण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र वा दुई दिनको दुरीमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा पुग्नु पर्ने बाध्यताले उनीहरूले रोग पालेर बस्ने गरेका छन् ।

केही वर्षदेखि गाउँमा महिनाको एकपटक निः शुल्क स्वास्थ्य जाँच र औषधी बितरण हुन सुरु भएपछि उपचार निकै सहज भएको दुर्गमका महिला बताउँछन् ।
उक्त संस्थाले गाउँमा महिनाको एक पटक स्वास्थ्यकर्मीसहित गाँउ घर क्लिनिक सञ्चालन गरेपछि दुर्गमका महिलालाई अहिले स्वास्थ्य उपचार गर्न निकै सहज भएको स्थानिय शंकर चदाराले वताए ।
photo-femail-2
प्रत्येक महिनाको एक दिन हुने गाँउ घर क्लिनिकमा सय भन्दा बढीको जाँच र उपचार गर्ने गरेको फेज नेपाल वाईमा कार्यरत चित्रा तामाङले वताईन् । गाँउमै गएर बिरामी जाँचदेखि उपचार र स्वास्थ्य सम्बन्धि शिक्षा दिने गरेको उनले वताईन् ।

फेज नेपालले दुर्गम पछाडी परेका, उपचारको पहुँच भन्दा बाहिर रहेका समुदायलाई उपचार र निःशुल्क औषधि वितरण गर्दै आएको जनाएको छ छ । बाजुराका दुर्गम गाबिस कोल्टि, रुगिन, बिच्छँया र वाइ गाबिसका महिलालाई उक्त संस्थाले स्वास्थ्य सेवा दिँदै आएको छ ।

मानव विकास सुचाकाङ्क र पछाडी परेका क्षेत्रमा गएर काम गर्दै आएको संस्थाका कार्यक्रम व्यवस्थापक राज शाहीले वताए ।

गएको आर्थिक वर्षमा ९० हजार ६ सय ३६ जना बिरामीको स्वास्थ्य उपचार गरेको जनाईएको छ । जनस्वास्थ्य कार्यालय र स्थानिय स्वास्थ्य चौकीको समन्वयमा स्वास्थ्य सम्बन्धि सेवा दिने गरेको शाही बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: