उद्योग वाणिज्य महासङ्घको भावी अध्यक्ष भवानी राणा हुने पक्का


प्रकाशित मिति :2016-10-21 11:11:19

महिला खबर

काठमाडौंbhawani । नेपाल उद्योग वाणिज्य महासङ्घको भावी अध्यक्ष भवानी राणाा हुने निश्चित भएको छ ।

 महासङ्घको  अध्यक्षको निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने सहितको विधान संशोधन गरेपछि अहिले वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा अध्यक्ष हुने निश्चित भएको हो ।

महासङ्घको बिहीवार सम्पन्न विशेष साधारणसभाले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने सहितको विधान संशोधन सर्वसम्मतले पारित गरेकोपछि महासंघको भावी अध्यक्ष राणा हुने पक्का भएको हो महासङ्घको   अागामी चैतमा हुने साधारण सभापछि राणा अध्यक्ष हुनेछन् ।

विधान संशोधनमा नेपाल उद्योग वाणिज्य महासङ्घको  अध्यक्षको निर्वाचन नहुने र मुलुकभरीका प्रतिनिधिबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान राखिएको छ ।

 बरिष्ठ उपाध्यक्ष राणाको होटेल व्यवसाय, पर्यटन, कार्गो र कृषि क्षेत्रमा लगानी रहेको छ । यसअघि उनी तीनवर्ष  महासंघको उपाध्यक्ष  रही सकेकी छन् । बर्तमान कार्यसमितिका लागि  राणाले अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् तर फिर्ता लिएर उनी बरिष्ठ उपाध्यक्ष भएकी हुन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: