महिला खबर
सिन्धुपाल्चोक । न्याय तथा अधिकार संस्था नेपालले आम नागरिकलाई न्यायमा पहुँच बढाउनका लागि घरदैलो अभियान चलाउने भएको छ । जिल्लाको ठोकर्पा र कालिका गाउँ विकास समितिका एक हजार बढी घरमा अभियान सञ्चालन गरिने उक्त संस्थाले जनाएको छ ।
घरदैलो कार्यक्रम सुरु हुनुअघि विहीवार सदरमुकाम चौतारामा गरिएको छलफलमा न्यायमा पहुँच बढाउन समुदायका सबै व्यक्ति र समूह सक्रिय रहुनुपर्ने सरोकारवालाले औंल्याएका थिए ।
स्थानियस्तरमा यो शैक्षिक सत्रको आधा अवधी समेत गुज्रन बाँकी हुदा ५२ जना बालबालिकाले विद्यालय छोडेको, चालु आर्थिक वर्ष अनेकन हिंसामा महिला परेको, दलित र सीमान्तकृत समुदायमा अधिक वालविवाहको समस्या कायम रहेकोलगायत समस्या निराकरण गर्न सचेतना जगाउने उद्देश्यले घरदैलो कार्यक्रम जरुरी रहेको संस्थाका जिल्ला संयोजक दिनेश थापाले बताउनुभयो । यस अभियानका लागि बाल समूह, युवा समूह र न्यायमा पहुँच अभिबृद्धि गर्ने स्थानिय सञ्जाल क्रियासिल रहने छन् ।
स्थानियस्तरवाटै हिंसा न्यूनिकरण, न्यायिक पहुँच वृद्धि र अधिकार संरक्षणको कामको सुरुवात हुनु सकारात्मक भएको जिल्ला न्यायाधिवक्ता अभिकेशर पोखरेलले बताउनुभयो ।
लक्षित वर्गको वजेट विनियोजन र कार्यान्वयन कागजमा मात्र सीमित रहेकाले यस्ता कार्यक्रम प्रभावकारी वन्दै जाने जिल्ला विकास समितिका योजना अधिकृत राजेन्द्र नेपाल बताउनुहुन्छ । कार्यक्रमलाई थप प्रभावकारी वनाउन अनुरोध गदै उहाँले भन्नुभयो, ‘गाँउ परिषदमा राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, बालबालिका, दलित तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व हुन्छ , तर वजेट विनियोजन, कार्यान्वयन र सशक्तिकरण अझै सशक्त वनाउनु जरुरी छ ।’
घरदैलोमा हिंसारहित समाज निर्माण गर्न अभिप्रेरित गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार वस्नेतले सुझाउनुभयो । ‘हिंसा नियन्त्रणमा जोड दिने र हिंसाका घटना भएमा प्रहरीलाई खवर गर्न सकिन्छ’ उहाँले न्यायमा पहुँच वृद्धि गर्न प्रहरी सँगसँगै रहेको प्रत्याभूत गर्न अनुरोध गनुभयो ।
Comment Here!