प्राविधिक विषयमा आकर्षित हुँदै छात्रा


नर्समात्रै हैन इन्जिनियर र ओभरसियर हुन्छौं

प्रकाशित मिति :2016-10-21 12:35:37

महिलाका लागि छुट्टयाइएको परम्परागत विषय स्टाफ नर्स, अनमी होइन अव निर्माण, इलेक्ट्रिक, भेट्नरी, कृषि विज्ञान जस्ता विषय छात्राले छान्न थालेका छन् ।

सर्मिला बुढाथोकी

ल्याब असिस्टेन्ट अध्यनरत विद्यार्थी

ल्याब असिस्टेन्ट अध्यनरत विद्यार्थी

दोलखा । प्राविधिक विषयमा छात्राको आकर्षण बढ्दै गएको छ । दोलखामा प्राविधिक शिक्षा पढाउँदै आएका क्याम्पसको तथ्याङ्कले यस क्षेत्रमा महिालाको आकर्षण बढ्दै गएको देखाएको छ ।

महिलाका लागि छुट्टयाइएको परम्परागत विषय स्टाफ नर्स, अनमी थिए, तर निर्माण, इलेक्ट्रिक, भेट्नरी, कृषि विज्ञान जस्ता विषयमा समेत छात्रा उल्लेख्य मात्रामा हुने गरेको दोलखा बहुउदेश्यीय तालिम संस्थाका प्रार्चाय नरबहादुर श्रेष्ठ बताउँछन् । रोजगारीको अवसर, आफ्नै व्यवसाय सञ्चालनमा सहजता जस्ता कारणले प्राविधिक शिक्षामा महिलाको आकर्षण बढेको प्रार्चाय श्रेष्ठको अनुमान छ ।

जिरीमा रहेको प्राविधिक शिक्षालय, चरिकोटको दोलखा बहुउदेश्यी तालिम संस्था, आईसल्याण्ड मल्टि एकेडमी र सामुदायिक अस्पताल तथा सर्वमावि जिलुमा प्राविधिक विषयमा पढाई हुने गरेको छ । प्राविधिक शिक्षालय जिरीमा स्वास्थ्य तर्फ अनमी र स्टाफ नर्स बाहेक निर्माणमा सव ओभरसीयर, कृषिमा जेटिएको अध्ययन हुने गरेको छ भने दोलखा बहुउदेश्यीय तालिम संस्थामा स्वास्थ्यमा अनमी र सिएमए, निर्माणमा सव ओभरसियर, इलेक्ट्रिक र कृषिमा भेट्नरीको अध्ययन हुने गरेको छ ।

2-2

त्यसैगरी आईसल्याण्ड मल्टि एकेडमीमा सर्भे इन्जिनियरीङमा अमिन र सिभिल इन्जिनियरिङमा सव ओभरसियरको अध्ययन हुने गरेको छ भने सर्वमावि जिलुमा कृषि तर्फ विद्यालयस्तरमा बाली विज्ञान र तीन वर्षे स्नातकमा जेटीए विषयमा अध्ययन हुने गरेको छ ।

आईसल्याण्ड मल्टि एकेडमी चरिकोटका संस्थापक रेशमराजश्वराज रिमाल पछिल्ला वर्षमा हरेक प्राविधिक विषयमा महिलाको सहभागिता उल्लेख्य हुने गरेको बताउँछन् । प्राविधिक विषयको अध्ययन गर्नेले रोजगारीको अवसर पनि चाँडै पाउने र रोजगारी नभएमा पनि आफै व्यवसाय सञ्चालन गर्न सक्ने भएकाले महिला आकर्षण बढेको रिमालको अनुमान छ ।

 कृषि विज्ञान अध्ययनरत विद्यार्थी

कृषि विज्ञान अध्ययनरत विद्यार्थी

विगतमा महिलाले प्राविधिक विषयमा अनमी, स्टाफ नर्स र केहीले अहेवमात्र अध्ययन गर्ने गरेकोमा अहिले निर्माण, कृषिलगायतका विषयमा समेत महिला आकर्षण बढ्नु खुशीको कुरा भएको रिमाल बताउँछन् । महिलाहरू रोजगार हुने र व्यवसायिक समेत बन्ने भएकाले उनीहरू प्राविधिक शिक्षाले उनीहरू आत्मनिर्भर हुन सक्ने रिमालको तर्क छ ।

प्राविधिक विषय मध्ये स्वास्थ्यसँग सम्बन्धित बाहेक महिलाहरू कृषि विषयमा बढी आकर्षित भएको तथ्याङ्कले देखाएको छ । दोलखा बहुउदेश्यी तालिम संस्थामा अनमी र सिएमएपछि कृषि विषय पढ्ने महिलाको संख्या अत्यधिक देखिएको छ । ४० जनाको कोटा भएको कृषि विज्ञान (जेटिए)मा ३५ जना महिला (छात्रा) रहेको प्रिन्सिपल श्रेष्ठले बताए । त्यसैगरी भेट्नरी र निर्माण विषयमा पनि महिला पुरुषकै तुलनामा रहेको श्रेष्ठले बताए । तर इलेक्ट्रिक विषयमा भने महिलाको आकर्षण खासै नदेखिएको श्रेष्ठको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: