भूकम्प पीडितलाई दसैंतिहार, हर्ष न विस्मात


प्रकाशित मिति :2016-10-21 15:06:29

सर्मिला बुढाथोकी

भूकम्पले क्षतिग्रस्त दोलखा बजारको घर

भूकम्पले क्षतिग्रस्त  घर

दोलखा । दसैंतिहार रमाईलो पारिवारीक भेटघाट गरी सुख, दुखः साटासाट गर्ने, मिठो मसिनो खाने र आनन्द लिने महान चाड हुन्, तर विनासकारी भूकम्पले घर भत्काईदिएपछि अस्थायी टहरामा गुजारा गर्दे आएका दोलखाका अधिकांश महिलाले दसैं हर्षसाथ मनाउन सकेनन् । तिहार पनि यस्तै हुने निश्चित छ ।

दसैंमा परेको झरी र चुहिने कटेरोको बासले भीमेश्वर नगरपालिका राम्पाकी विमला थामीको घरमा नछरिकनै जमरा नछरिकनै बोरामै अन्न उम्रियो । विनाशकारी भूकम्पले घर भत्किएपछि विमलाको परिवार बस्ने सानो टहरामा अन्न राख्ने ठाउँ नहुँदा पानी चुहिएर बोरामै उम्रिएको विमला बताउँछिन् । भन्छिन्– ‘पानी परेपछि कटेरोमा ठाडो खोला पस्छ, ओढ्ने ओछ्याउने सबै भिज्छ, एक तिर टाल्यो अर्कौ तिर पानी चुहिन्छ ।’ सरकारले पुर्ननिर्माणको लागि दिने भनेको रकमको प्रतिक्षामा रहेकी विमलाको यसपालीको दसैं घर हुँदाको जस्तो रमाईलो भएन । दसैंमा परेको झरीले हरेक वर्ष रमाईलो गरी मनाईने यो र अघिल्लो वर्षको दसैं नै खल्लो भएको उनले बताईन् ।

सुष्पाक्षमावती गाविसका भूकम्प पीडितको अस्थाई आवास

सुष्पाक्षमावती गाविसका भूकम्प पीडितको अस्थाई आवास

पवटी गाविसकी लक्ष्मी न्यौपानेले पनि दसैं र तिहारले उत्साह नथपेको बताउँछिन् । भूकम्पले घर भत्काएपछि बाख्रा बस्तु, मान्छे, सरसामान एकै ठाउँमा अटाउनु परेको बताउने लक्ष्मी भन्छिन्– ‘झन् दसैंका बेला परेको झरीले कटेरोमा भल पसेपछि विजोगै भयो ।’

भवन निर्माणको लागि सरकारले दिएको अनुदान रकम लिईसकेकी लक्ष्मी आउँदो दसैंमा घर बनाएर व्यवस्थित तरिकाले मनाउने अपेक्षा सहित यसपालिको दसैंलाई बिदा गरेको बताउँछिन् ।

क्षमावती गाविसकी लक्ष्मी थामीलाई पनि दसैं आएको गएको पत्तै भएन । न बस्ने बास राम्रो, न खाने गाँसनै भने जस्तो भयो, उनी भन्छिन्–‘न पकाउने, न खाने सामान, गाईबाख्रा, मान्छे सबै एकै ठाउँमा, त्यसमाथि हिले दसैं अब बाचिँयो भने अर्को साल राम्ररी मनाउँला ।’
दोलखा जिल्लामा भूकम्प प्रभावित ५१ हजार ९ सय ३४ घरले अनुदान रकम पाउने विवरण जिल्लामा प्राप्त भएकोमा ४५ हजार ७ सय ७१ घरले अनुदान सम्झौता गरी सकेको र ४४ हजार ४ सय ९० घरको लागि घर धनीको खातामा पैसा गई सकेको पुर्ननिर्माण आयोजनाको जिल्ला आयोजना कार्यान्वयन इकाईका टिका जोशीले जानकारी दिए ।

अस्थाई आवासमा बाख्राको पाठी स्याहार्दै जफेकी एक बृद्धा ।

अस्थाई आवासमा बाख्राको पाठी स्याहार्दै जफेकी एक बृद्धा ।

खातामा पैसा गएका मध्ये झण्डै २७ हजार घर धनीले पैसा लगेको र त्यसमा केही परिवारले घर निर्माण गरी दोस्रो किस्ता लिने प्रकृयाबारे चासो जनाएको जोशीले बताए । जिल्लामा कति भूकम्प प्रभावित परिवारले घर बनाउन थाले भन्ने तथ्याङ्क सरोकारवाला कार्यालयसँग नभएपनि बिभिन्न गाविसमा केहीले मापदण्ड पुरा नगरी र केहीले अनुदानको पहिलो किस्ता लिएर मापदण्ड अनुसार घर बनाउन थालेको स्थानियले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: