हानिकारक चलनले बालिका र किशोरी प्रभावित


प्रकाशित मिति :2016-10-21 16:18:54

महिला खबर
2

काठमाडौं । समाजमा सदियौंदेखि चलिआएका हानिकारक प्रचलनले बालिका र किशोरीहरू प्रभावित भएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बिष्णुप्रसाद लम्सालले बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा मन्त्रालयले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव लम्सालले बालिका र किशोरीका विशेष आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो ।

समाजमा जरा गाडेर वसेको बालविवाहले कयौं बालिका थप हिंसाको चक्रमा परेका कारण उनीहरूको जीवन नै अन्धकारमय भएको उहाँको भनाइ थियो । सचिव लम्सालले भन्नुभयो ‘कानुनले २० वर्ष पुरा गरेपछिमात्र विवाह गर्न पाउने भनेको छ, तर अझै २९ प्रतिशत विवाह १८ वर्ष नपुग्दै हुने गरेको र यसलाई समाजले सजिलै स्वीकार गरेको कारण कानुनी कारवाहीमा कमजोरी देखिएको छ ।’

किशोरकिशोरीसँग सम्बन्धित मुद्दाहरू सम्बोधन गर्न संवैधानिक, नीतिगत, कानूनी र संरचनागत आधारहरू तयार भईसकेको दावी उहाँले गर्नुभयो । किशोर किशोरी सम्वन्धि राष्ट्रिय कार्ययोजना कार्यान्वयन भईरहेको र सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य सहित यसको अन्त्यका लागि राष्ट्रिय रणनीति कार्यान्वयनको पहल भईरहेको उहाँले जानकारी दिनुभयो ।

बिभिन्न दातृनिकायको सहयोगमा भएको उक्त कार्यक्रममा किशोरावस्थाको चित्रण सहितको कला प्रदर्शनी, बाल विवाहको अन्त्य र बालिका तथा किशोरी सशक्तिकरणको विषयमा नृत्य, गायन,कवितावाचन, हाजिरीजवाफ लगायतका गतिविधि हुनेछन् ।

हरेक वर्ष अक्टोबर ११ तारिखका दिन अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइन्छ, तर यो वर्ष नेपालमा उक्त दिन विजया दशमी परेको हुँदा आज यो दिवस मनाइएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: