सालको पात बेचेर तिहारको जोहो गर्दै थारु महिला


प्रकाशित मिति :2016-10-21 17:01:01

पार्वती पाण्डे

ss-1कपिलवस्तु । तिहार नजिकि‌ँदै गर्दा हुने खानेले दाजुभाईलाई मिठा चिज लिन वजारमा मालसामान किन्ने हतारो भईरहदा कपिलवस्तुको उत्तरी भेगका बिपन्न थारु महिलालाई सालको पातवाट दुना टपरी गाँस्नु भ्याइ नभ्याइ छ । यीनै दुना टपरी र सालको पात बिक्री गरेर तिहारका लागि खर्च जुटाउन उनीहरू रातदिन लागि परेका छन् ।

। तिहारमा हुने खर्च धान्नका लागि उक्त क्षेत्रका धैरै विपन्न महिलालाई जंगलवाट सालको पात टिपेर दुनाटपरी गाँस्न र शहर वजारमा लगि बिक्री गर्न भ्याई नभ्याई छ । कतिपयले पाते बेच्ने गरेका छन् ।

बजारमा सालको पातको माग धेरै भएकाले जिल्लाको धनकौली, जयनगर, मोतिपुर, बरकूलपुरलगायतका गाउँ बिपन्न परिवारका महिलालाई पात र दुना टपरी बेचेर तिहार खर्च जुटाउन सहज भएको छ ।

तिहारमा देउसी भैलो खेल्नेलाई सिदा दिन होस वा चेलीबेटीले आ आफ्ना माइतीलाई मिठो परिकार खुवाउन सालको पातबाट बनेका दुना टपरीको प्रयोग अत्यधिक हुने गर्दछ । त्यसैले सालको पातको माग अहिले धेरै भएको उनीहरू बताउँछन् ।

यहि चलनले तिहारको आगमनसँगै सालको पात बेचेर जीवन गुजारा गर्ने कपिलवस्तुका विपन्न परिवारको अहिले उत्साह बढाएको छ । वर्षौदेखि राष्ट्रिय बनबाट सालको पात ल्याएर तौलिहवा बजारमा विक्री गरि परिवार धान्दै आएकी जयनगरकी ५० वर्षीया सुनरी थारुले तिहारका बेला सालको पात बढी विक्रि हुने बताइन् । अरु बेला भन्दा बढि आम्दानी भएपछि सालको पात बेचेरै ११ जनाको परिवारसँगै तिहार उम्काउने योजना रहेको उनले सुनाइन् । उनीहरू विहान ४ वजे उठेर सदरमुकाम तौलिहवा वजारमा पात विक्रिका लागि हिँडेरै आउने गर्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: