चीरहरण मौन विद्रोह हो : उपन्यासकार कार्की


प्रकाशित मिति :2016-10-23 11:47:46

महिला खबर
chirharan

चितवन । यसवर्षको पद्मश्री पुरस्कार प्राप्त गर्न सफल उपन्यासकार नीलम कार्की नेहारिकाद्वारा लिखित उपन्यास चीरहरणमाथि शनिवार चितवनमा विमर्श गरिएको छ । कवि डाँडा साहित्य समाजको आयोजना र चितवन साहित्य परिषदको सहआयोजनामा भएको कार्यक्रममा साहित्यकार सरिता तिवारी र विष्णु प्रसाद पौडेलले समिक्षात्मक टिप्पणी गरेका थिए । पुरुषको तुलनामा महिलाले १० प्रतिशत बढी मेहेनत गर्नुपर्ने बताउदैं समिक्षक तिवारीले लेखकको मेहेनतको प्रशंसा गर्नुभएको थियो । लेखकको मेहनत किताबको आकारमा देखिने तिवारीको भनाइ थियो ।

महिला केन्द्रित रहेर लेखिएको उपन्यासमा महिला शक्तिलाई उजागर गरिएको अर्का टिप्पणीकार विष्णु प्रसाद पौडेलले बताउनुभयो । पुस्तकलाई पुर्नकथनको रुपमा लिन सकिने विमर्श कार्यक्रमका समिक्षकहरूको भनाई थियो । महाभारतकालको विषयवस्तुलाई समेटिएकाले पुस्तकमा महिलामाथि भएको शोषण, दमन र महिलालाई हेर्ने दृष्टिकोणको व्याख्या गरिएको उनीहरूले बताए । आफ्नो पुस्तकको बारेमा बोल्दै कवि तथा उपन्यासकार कार्कीले पुस्तकमा आफूले चर्को विद्रोह नगरी मौन विद्रोह उपन्यासमा गरेको प्रष्टाउनुभयो ।
चितवन साहित्य परिषद चितवनका कार्यवाहक अध्यक्ष सुरेन्द्र अस्तफलले कलात्मक भाषाको प्रयोग भएको पुस्तकलाई गहिरिएर पढ्नुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष कवि डांडा साहित्य समाजका अध्यक्ष एल.वि क्षेत्रीले चिरहण नेपालको नारीवादको दस्तावेज भएको औंल्याउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: