सृजना अर्याल
नारायणगढ । नारी उत्थान केन्द्र नारायणगढले आफ्नो रजत महोत्सवको अवसर पारेर गृहणी महिलाका लागि टपरी गाँस्ने प्रतियोगिता गरेको छ । शनिवार नारायणगढमा आयोजित टपरी बुन्ने प्रतियोगितामा भरतपुरकी ४० वर्षीया मिरा थापा मगर पहिलो भइन । सबैले भन्दा राम्रो, ठुलो आकार र आर्कषक टपरी बनाएकाले उनी पहिलो भएकी हुन् । भरतपुरकै बसेनीकी ४१ वर्षीया यम कुमारी कुवँर दोस्रो तथा क्षेत्रपुर चितवनकी ४५ वर्षीया कृण्णा थापामगर तस्रो भए । प्रतियोगितामा सहभागीहरूले बनाएको टपरीको कलात्मक शैलीको मुल्यांकन गरिएको केन्द्रले जनाएको छ ।
४० देखि ७८ वर्ष उमेरका ३४ जना गृहिणी महिला प्रतियोगितामा सहभागी जनाएका थिए । विजेताहरूलाई रजत महोत्सव समापनको अवसरमा आगामी माघ १५ गते पुरस्कृत आयोजकले जनाएको छ । पहिलो दोस्रो र तेस्रो हुनेलाई ३ हजार, २ हजार र १५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ
कार्यक्रममा पुर्व सांसद कृष्ण कुमारी श्रेष्ठले महिलाको सीप र क्षमताको पहिचान हुने यस्ता कार्यक्रमलाई आयमुलक बनाउनुर्पे उहाँले औल्याउँनु भयो ।
रजत महोत्सवकी संयोजक समेत रहेकी दुर्गा लक्ष्मी श्रेष्ठका यस्ता महिला लक्षित प्रतियोगिताले महिलालाई एक आपसमा घुलमिल हुने अवसर मिल्ने र उनीहरूको समाजका गतिविधि चासो बढ्ने बताउनुभयो ।
यसअघि केन्द्रले महिलाको पाठेघर तथा स्तन परिक्षण, सुस्त मनस्तिथिका छात्रछात्रालाई स्टेशनरी वितरण् लगायतका कार्यक्रम गरिसकेको छ ।
Comment Here!