महिला खबर
काठमाडौं । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ ।
जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको शनिवार निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो ।
जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् । उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो महिला हुन् ।
Comment Here!