महिला खबर
बैतडी । हिंसामा परेका महिलाको संरक्षणका लागि बैतडीमा महिला सुरक्षा आवास गृह खोलिएको छ । महिला तथा बालबालिका कार्यालयको समन्वय र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएाएफपीए) को सहयोगमा उक्त आवास गृह स्थापना गरिएको हो ।
हिंसापीडित महिलालाई संरक्षण गरेर स्वास्थ्य सेवा, कानुनी सेवा, आवासलगायतका सुविधा उक्त आवास गृहबाट प्रदान गरिने छ । आवास गृह सञ्चालनको जिम्मा बैतडीको पाटनस्थित उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थालाई दिइएको छ ।
घर भाडामा लिएर गृह सञ्चालनमा ल्याइएको कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । महिला सुरक्षा आवास गृहमा एक जना वार्डेन र एक जना भान्सेको व्यवस्था गरिएको महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका निमित्त प्रमुख विष्ना भण्डारीले बताउनुभयो
Comment Here!