कुपोषणको समस्या देखिएपछि विशेष बालपोषण सप्ताह


प्रकाशित मिति :2016-10-23 16:15:43

महिला खबर

 बालबालिकालाई भिटामीन ए को क्याप्सुल खुवाउँदै स्वास्थ्य स्वयमसेविका

बालबालिकालाई भिटामीन ए को क्याप्सुल खुवाउँदै स्वास्थ्य स्वयमसेविका

दोलखा । जिल्लामा केही बालबालिका र सुत्केरी तथा गर्भवती महिलामा कुपोषणको समस्या देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय दोलखाले विशेष बाल पोषण सप्ताह अभियान सुरु गरेको छ ।

अध्ययनमा दोलखा जिल्लामा केही बालबालिकामा कडा कुपोषण भेटिएको थियो भने गर्भवती तथा सुत्केरी महिलामा बढी कुपोषण भेटिएको थियो ।

अभियान अन्र्तगत ६ महिना देखि ५९ महिनासम्मका १७ हजार १ सय ६० जना बालबालिकाको पोषणको अवस्थाबारे जानकारी लिई बहुसुक्ष्म पोषणतत्व वितरण, भिटामीन ए क्याम्सुल खुवाउने र पाखुराको नाम लिने काम भै रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत कुमार दहालले बताए । अभियानकै क्रममा ४५ दिन भित्रका सुत्केरी महिलालाई भिटामिन र जुकाको औषधि खुवाउने र आईरन चक्की वितरण गर्ने कार्यक्रम समेत रहेको दहालले बताए ।

बच्चाको पाखुराको नाप लिईदै ।

बच्चाको पाखुराको नाप लिईदै ।

दोलखा जिल्लामा नेपाल प्राविधिक सहयोग समूह (एनट्याग)ले सङ्कलन गरेको ०७३ असोज महिनासम्मको तथ्याङ्क अनुसार सुत्केरी तथा गर्भवती महिलामा ४ सय ४३ कुपोषित रहेको अनुमान गरिएकोमा ७ सय ६८ जना भेटिएको र त्यसमा ७० जना उपचारपछि ठिक भएको एनट्यागका सूचना व्यवस्थापन अधिकृत सुदेश चौधरीले बताए ।

त्यसैगरी बालबालिकाहरूमा कडा सिघ्र कुपोषणका ७ सय ३ जनामा रहेको अनुमान गरिएकोमा ४५ जनामात्र भेटिएको र त्यसमा २० जना उपचारपछि ठिक भएको चौधरीले बताए । त्यसैगरी मध्यम सिघ्र कुपोषणका ३ हजार २ सय ५ जना रहेको अनुमान गरिएकोमा ४ सय ८७ जना भेटिएको र त्यस मध्य पनि १ सय ७२ जना उपचारपछि ठिक भएको चौधरीले बताए ।

दोलखा जिल्लामा सदरमुकाम चरिकोटलगायत बिभिन्न गाविसमा रहेका १४ वटा स्वास्थ्य केन्द्रमा कुपोषणको उपचार गर्ने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । अहिले कुपोषण सम्बन्धि सप्ताहव्यापी अभियान चलिरहेकाले यो अभियानको क्रममा समेत नयाँ तथ्याङ्क सङ्कल हुने र त्यसको आधारमा नयाँ कार्यक्रम बन्ने जनस्वास्थ्य अधिकृत दहालले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: