महिला खबर
सुनसरी। नक्कली सुन देखाई इटहरीकी एकजना महिलालाई ठगी गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आफू विदेशवाट केहीदिनअघि मात्र आएको र विदेशवाट ल्याएको सुन सस्तोमा दिने भन्दै ठगि गर्न लागेका वेला ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
एउटा सुन टुक्रालाई दशहजार मूल्य राखेर ठगी गर्न खोज्ने भारत कोखुरा धार आश्रम, आलेपुरका सन्तोष कुमार नेपाली पक्राउ परेका हुन्।
उनीवाट नक्कली सुन समेत बरामद भएको प्रहरीले जनाएको छ।
इटहरी प्रहरीले चाड पर्वका वेला सचेत हुन आग्रह समेत गरेको छ। चाडवाडको मौकाछोपी सुनका गहना सफा गर्ने र गहना मर्मत तथा खरिद विक्री गर्ने वाहनामा नक्कली गहना देखाई प्रलोभनमा पारी ठगी गर्नेहरू सकृय हुन सक्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो। शंका लागे प्रहरीमा खवर गर्न समेत इटहरी प्रहरीले सर्वसाधारणलाई भनेको छ।
Comment Here!