चाडपर्वमा सिलाइकटाइवाट महिलाको आम्दानी चौगुना


प्रकाशित मिति :2016-10-24 12:12:53

यमुना खनाल

11

सिरहा । चाडपर्व मान्न सवै बिदा लिएर आ–आफ्ना परिवार भेट्न जान्छन्, तर केही व्यवसाय यस्ता छन् त्योबेला नै उनीहरूको आम्दानी राम्रो हुने गर्छ । सिलाइकटाइ व्यवसाय सन्चालन गरिरहेका महिलालाई चाडपर्व शुरु भएदेखि नै भ्याई नभ्याई हुन्छ । चाडवाडका बेला काम गर्न यो व्यवसायमा लागेकाहरू दिनरात जोड्छन् ।

लहान नगरपालिकाकी रन्जु चौधरी चाडवाडका बेला बिहान चारै बजे पसल खोल्छिन् र बेलुका नौ बजेसम्म काममा व्यस्त हुन्छिन् । उनलाई दिनभरी बोल्ने समेत फुर्सद हुँदैन ।

सामान्य अवस्थामा दैनिक तीन हजार रुपैयाँसम्मको अर्डर आउने गरेकोमा दसैं, तिहार र छठ पर्वका बेला दैनिक १० देखि १२ हजार रुपैयाँसम्मको अर्डर आउने गरेको चौधरीले बताईन् । अन्य समयमा भन्दा चाडपर्वमा चार गुना बढी आम्दानी हुने रन्जु बताउँछिन् । सामान्यतया चार वटामात्रै लुगा सिउने मेसिन राख्ने रन्जुले अहिले नौ वटा मेसिन राखेकी छन् ।

उनी भन्छिन् ‘ साउनदेखि नै हाम्रो सिजन शुरु हुन्छ, साउने सोमबारको ब्रत गर्ने महिलाको कामको चाप हुन्छ, अनि एकपछि अर्को चाड शुरु हुन्छ, छठसम्म अति नै भीड हुन्छ ।

‘आएको सबै काम गर्नै सकिँदैन, जति मेसिन र कालिगढ थपेपनि आधा काम फर्काउनुपर्छ’ उनले भनिन् ।

लहान नगरपालिकाकै दुई नम्बर रोडकी मनिता चौधरीलाई पनि चाडपर्वले गर्दा कामको चाप बढी छ । चाड पर्वले मनितालाई खाना खाने समेत समय छैन । मनिताले महिला पुरुष दुबैको कपडा सिलाउँछिन् । स्कुलको पोसाकको पनि मनिताकोमा अर्डर आउँछ ।

मनिताले पाँच जनालाई रोजगारी दिएकी छन्, भने सात जनालाई उनले सिलाई सिकाउँछिन् ।अरु व्यवसायमा भन्दा महिलालाई सिलाइ व्यवसायले राम्रो आम्दानी दिने चौधरीको अनुभव छ । यो व्यवसायमा जोखिम कम हुने चौधरीले बताइन् । अहिले उनको पसलमा आठदेखि १० हजार रुपैयाँसम्मको दैनिक अर्डर आउने उनी बताउँछिन् ।

लहान बजारका चोकचोकमा महिलाले संचालन गरेका सिलाइ पसल छन् । ती सबै राम्ररी चलेका छन् । लहानमा पुरुष र महिला दुबैले बराबरको संख्यामा यो व्यवसाय संचालन गरेका छन् । यसले महिलालाई आयआर्जनको श्रोतमात्र दिएको छैन, महिलालाई पहिचान पनि दिएको छ । सिलाइ व्यवसायले आफूहरूलाई सफल व्यवसायीको रुपमा स्थापित पनि गरेको उनीहरू बताउँछन् । आफूहरूलाई चाड पर्वले झन् उत्साह थपेको व्यवसायी महिला बताउँछन् । ‘चाडपर्व र मेला आईदिएपछि हाम्रो व्यवसाय चौगुना हुन्छ’ मनिता भन्छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: