आर्थिक, सामाजिक,सांस्कृतिक अधिकार संरक्षणमा भूमिका बढाउन ध्यानाकर्षण


प्रकाशित मिति :2016-10-24 15:46:40

महिला खबर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधान अनुसार गठन भएका नयाँ संवैधानिक आयोगहरूबीचको समन्वयको व्यवस्था संविधानमा नहुँदा समस्या पर्न सक्ने भन्दै यसलाई कानुनमा स्पष्ट पार्न तर्फ पहल गर्न सरकोरवालाहरूलाई सुझाउनुभएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार संरक्षण र प्रवर्द्धनमा राष्ट्रिय मानवअधिकार आयोगको भूमिका बढाउनका लागि आग्रह गर्न गएको सरोकारवालाहरूको टोलीसँग उहाँले महिला, दलित,मुस्लिमलगायतका आयोगका कानुन बन्ने प्रक्रियामा रहेकाले यस तर्फ चनाखो हुन सुझाउनुभएको हो ।

memorendum

यसअवसरमा सरोकारवालाहरूको टोलीले नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि सम्झौता द्वारा प्रत्याभूत आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई जनताले व्यवहारिक रुपमा नै उपभोग गर्ने वातावरण सृजना गरी जवाफदेही बनाउन राष्ट्रिय मानवअधिकार आयोगको भूमिका अपरिहार्य भएको बताएका थिए ।

उनीहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि १० बुँदे ध्यानाकर्षण पत्र पनि अध्यक्ष शर्मालाई बुझाएका थिए ।

पत्र बुझ्दै यो विषयमा आयोग सहकार्य गर्न तयार रहेको अध्यक्ष शर्माले बताउनुभयो । आफू आयोगमा आएदेखि नै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा प्रतिवद्ध भएको उहाँको भनाइ थियो ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा आयोगले भूमिका बढाउनुपर्ने भन्दै जुरी नेपाल, सन्चारिका समूह, नेपाल मुस्लिम महिला कल्याण समाज,एक्सन ओर्क्स नेपाललगायत दुई दर्जन संघसंस्थाले आयोगको ध्यानाकर्षण गराएका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: