लैंगिक समानता पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना


प्रकाशित मिति :2016-10-24 15:57:29

महिला खबर
fnjकाठमाडौं । नेपाल पत्रकार महासंघले गैरसरकारी संस्था मदरल्यान्ड नेपालको सहयोगमा लैंगिक समानता पत्रकारिता पुरस्कारका लागि १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट हरेक वर्ष दुई जना पत्रकारलाई लैंगिक समानता पत्रकारिता पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ। कोषबाट आउने ब्याजले पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाइनमा प्रकाशित प्रसारित लैंगिक समानता हासिल गर्न समाजलाई अभिप्रेरित गर्ने खोजमूलक पुरुष सहभागिता प्रोत्साहन गर्ने समाचार,लेख लेख्ने पत्रकारलाई उक्त पुरस्कार दिइने सम्झौतापत्रमा जनाइएको छ ।

सम्झौतापत्रका अनुसार अक्षयकोष सञ्चालक समिति गठन हुने र समितिकै मूल्यांकनका आधारमा एकजना राष्ट्रिय तह र एकजना प्रदेश तहको गरी लैंगिक सन्तुलन मिलाएर लैंगिक समानता पत्रकारिता पुरस्कार प्रदान गरिने छ । अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा महासंघका अध्यक्ष डा। महेन्द्र विष्ट र मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले सोमबार हस्ताक्षर गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: