राहदानी लिने महिला बढ्दै


प्रकाशित मिति :2016-10-25 10:46:56

सर्मिला बुढाथोकी
दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाबाट गत आर्थिक वर्ष यो आर्थिक वर्षको असोजसम्म १० हजार १ सय ५४ जनाले राहदानी बनाएका छन् । यीमध्ये महिलाको संख्या २ हजार २ सय ६ जना रहेको कार्यालयले जनाएको छ ।

जसमा ५ सय ९९ जना महिलाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति समेत लिएको जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७१/०७२ राहदानी बनाउने ८ हजार ५ सय जना मध्ये महिलाको संख्या १ हजार ९ सय २९ रहेको थियो । विदेश जानको लागि राहदानी लिने महिलाको संख्यामा प्रत्येक वर्ष बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

 राहदानी लिन जिल्ला प्रशासन कार्यालया आएका सेवाग्राही

राहदानी लिन जिल्ला प्रशासन कार्यालया आएका सेवाग्राही

राहदानी बनाउन आउने अधिकांश महिलाले रोजगारीको लागि विदेश जान लागेको बताउने गरेको र उनीहरू मध्ये सामान्य लेखपढमात्र गरेका महिलाको संख्या उल्लेख्य रहने गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले बताए । राहदानी दिने बेला सामान्य सोधपुछ गर्दा अधिकांश महिलाले विदेशमा आफन्त रहेको र रोजगारीका लागि जान लागेको जवाफ दिने गरेको सहायक प्रजिअ कटुवालको भनाई छ ।

कटुवालका अनुसार राहदानी लिने महिलामा करिब ५ प्रतिशत अध्ययनका लागि जाने गरेको र २/३ प्रतिशत घुमफिरको लागि जाने गरेको पाईएको छ । वैदशिक रोजगारीका लागि जाने महिलाहरू शोषणमा पर्ने गरेको कुरालाई मध्यनजर गर्दै सरकारले स्थानियस्तरमा रोजगारी सिर्जना गर्ने र चेतना अभिबृद्धिको लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: