एक्लिदै बृद्धबृद्धा


सन्तानलाई आमाबाबु बोझ

प्रकाशित मिति :2016-10-25 12:00:23

यमुना खनाल

women
सिरहा । परदेसिएका छोराको बाटो हर्दाहेर्दा बिष्नुमाया परियारको कपाल सेतै फुली सक्यो,आँखा धमिला भएर देख्न छोडिन् । अनुहारमा चुनै चुना चाउरी परि सक्यो । हात खुट्टा चल्न छोडे । दिशा पिसाब एकै ठाँउ भयो । छोरा बुहारी फर्की आउने दिन गन्दै आँसुको पोखरी डुबेको १५ वर्ष भयो । हात खुट्टा चल्दा बनीबुतो गरेर ल्याएको एक गास खाना उनले छोरा बुहारी र नाति नातिना सम्झिँदै आसुले मुछेर खाईन् ।

तिमीलाई सुख दिन्छु भन्दै आफ्नो परिवारै लिएर कमाउन भारत गएका छोरा बुहारीे १५ वर्ष बितिसक्दा पनि नफर्केपछि अहिले बिष्नुमाया उनीहरूकै शोकले थलिएकी छन् । उनका जेठा छोरा भारतको चन्डीगडमा छोरा, छोरी, श्रीमतीका साथ बसेका छन् भने कान्छा छोरा पनि परिवारसहित दिल्लीमा छन् ।

धन कमाउन परिवारसहित भारत गएका छोरा बुहारी र नाति नातिनाले बुढी आमालाई चटक्कै विर्सेर उतैको संसारमा रमाएपछि आमाको यो हालत भएको हो ।

श्रीमानले पनि उनलाई उमेरमै छाडेर गए । श्रीमानको मृत्युपछि छोराहरूकै मुख हेरेर बसेकी बिष्नुमाया छोरा छोरीको बियोगमा थलिएको ५ वर्ष भयो । गएको कार्तिक महिनादेखि उनलाई प्यारालाईसिस भएको छ ।

दिशा, पिसाब एकै ठाँउ भएको छ । भदा बुहारीको घरको बाहिरी बरन्डामा शरण लिएकी छन् उनले । भदा बुहारी पनि ज्यालादारी गर्न जान्छिन् । उनलाई तातो चिसो हेर्ने कोही छैन । बुहारीले घरमा हुदा उनको रेखदेख गर्छिन् ।

बर्षामा पानी बरन्डामै खस्छ, शीतलहरमा बरन्डालाई छपक्कै छोप्छ । उनी बस्ने बरन्डा बर्षामा पानीको आहाल जस्तै हुन्छ । शीतलहरमा पनि शीत खसेर चिसो हुन्छ, कहिल्यै ओभाउँदैन । पानी आए ठाँउ सर्न सक्दिनन् । भिजेका लुगा सुकाउन नसक्दा चिसोमा ढाडिएर बसेकी हुन्छिन् ।

‘ हिँड्न सक्दा नयाँ मान्छे बाटोमा हिँडे आफ्नै छोराबुहारी आए जस्तै लाग्थ्यो, कुदेर बाटोमा पुग्थे बाबु, अहिले त त्यो पनि सक्दिन आएर आमा भन्लान कि भनेर हेरिरहन्छु’ उनले रुँदै भनिन् । ‘छोरा फर्केर आमा भने, एक बात बोलाईदिए एक मुठी प्राण फ्याक्ने थिए बाबु ,छोरा बुहारीको मुख देख्न पाए सजिलै मेरो सास जाने थियो’उनी डाको छोडेर रोईन् ।

बिष्नु मायाँ भन्छिन्, ‘खान नपाए दुई तीन दिन नखाई बसौला बाबु , यही चिसो भुईमा बस्छु, तर मेरो उपचार कसैले गरिदिए हुन्थ्यो ।’ मेरा हात खुटा लागे म मागेर पनि खान्थें, यसरी दिशा पिसाब एकै ठाँउ भएर मैले सडेर बस्नु पर्ने थिएन । उनले भनिन् ‘मलाई केही चाहिँदैन मेरो उपचारका लागि व्यवस्था गरिदेउ ।’

बिष्नुमाया जस्तै लहान नगरपालिकाकी बल्टोन रामका छोरा बुहारी नाति , नातिनी ,पनाती सबै जना घरभरी र वरीपरी छन् । तर ८५ वर्षीया बिल्टोन राम तिर यी कुनै सन्तानको नजर पुग्दैन । उनी घरभरी नअटाउने छोरा, बुहारी, नाति, नातिनी र परिवारको ठूलो भीडमा एक्ली छन् । उनलाई कसैले हेर्दैनन् । उनी हिँड्न सक्दिनन् । तर परिवारका कसैले उनलाई के भयो भनेर पनि सोध्दैनन् ।

बिल्टोन रामले रेखदेख गरिदेला भनेर नातिलाई आफ्नो जिउनीमा रहेको लहान नगरपालिकामा रहेको दुईकठ्ठा घडेरी पास गरी दिईन् । तर नातिको पनि ट्याक्सी दुर्घटनामा १२ वर्ष अघि मृत्यु भयो । नातिनी बुहारीले वास्ता समेत गर्दिनन् । ८५ वर्षकी बृद्धा राम घस्रिएर घर बाहिर, भित्र गर्छिन् ।

बिल्टोन र बिष्नुमाया जस्ता धेरै बाबु आमा सन्तानले अपहेलना गरेका कारण भोक भोकै छन् । जाडोमा शरीर ढाक्ने एकसरो कपडा छैन , ओत लिने आश्रय छैन । बिरामी भएर ओछ्यान्मा थलिंदा तातो चिसो सोधिदिने कोही छैन । औषधी उपचार पाएका छैनन् ।

स्थानीय प्रेम कुमार राम भन्छन् , ‘बृद्धाहरूको अवस्था नाजुक छ, छोरा बुहारी छन्, तर उनीहरूले आफ्नो कर्तब्य पुरा नगर्दा आमा बाबु अपहेलित भएर त्यागिएका छन् । परिवारमा एकल संस्कृतिको बिकास हुँदा आमा बाबुलाई आफ्नै छोराछोरीले बोझको रुपमा हेर्ने प्रबत्ति बढेको छ ।’

असाह्य बनेका र परिवारले त्यागेका यस्ता जेष्ठ नागरिकलाई राज्यले उपचार र संरक्षण गर्ने व्यवस्था हुनु पर्ने उनी बताउँछन् । सिरहा सप्तरीमा बृद्धा आश्रम पनि छैन । सरकारले देशैभरी बृद्ध आश्रम खोलेर बृद्धबृद्धालाई आश्रयको व्यवस्था गरिदिनु पर्नेमा राम जोड दिन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: