महिला खबर
दोलखा। महिला तथा बालबालिका कार्यालय दोलखाले महिलाले घरमै बसेर पनि आयआर्जन गर्न सकुन भन्ने उद्देश्यले बुनाई तालिमको आयोजना गरेको छ। बुनाइ तालिममा सुन्द्रावती गाविसका २० जना महिला सहभागी छन्। तालिममा माईतिमञ्च दोलखाले प्राविधिक सहयोग गरेको महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिनुभयो। तालिममा मोजा, स्वईटर, टोपीलगायतका सामग्री बुन्न सिकाइएको छ।
त्यसैगरी महिला तथा बालबालिका कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा ७ दिने आधारभुत तालिमको आयोजना गरेको छ।
जिल्लाको विभिन्न गाविसमा रहेका महिला सहकारी संस्थाको समूहमा आवद्ध भएका नयाँ सदस्यको लागि तालिमको आयोजना गरिएको महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिनुभयो। तालिममा बचत, चालु कोष, लैङ्गिक हिंसा, स्वास्थ्यलगायतका विषयमा जानकारी दिईने अधिकृत ढकालले बताउनुभयो। तालिममा बिभिन्न गाविसका ३० जना महिलाको सहभागिता रहेको छ।
Comment Here!