(अपडेट पुस्तकसहित) राज्यबाट के केमा पाउँछन् महिलाले सुविधा र छुट ?


प्रकाशित मिति :2016-10-25 16:05:12

महिला खबर
काठमाडौं । राष्ट्रिय सूचना आयोगले नेपालको संविधान र नियम कानुनले महिलाका लागि दिएको छुट र सुविधाका बारेमा जानकारीसहितको पुस्तिका प्रकाशन गरेको छ । पुस्तिकामा संविधान र कानुनमा महिलाका लागि लक्षित आर्थिक सहुलियत तथा सुविधाकाबारेमा विस्तृत जानकारीहरू समेटिएको छ ।

कृषि,स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा महिलाले पाउने आर्थिक सहुलियतका बारेमा यस पुस्तकमा समेटिएको छ । राज्यले महिला, मधेशी, आदिवासी, जनजाती, दलितलगायतका समुदायलाई उपलब्ध गराएका छुट तथा सुविधा बारेका जानकारी लक्षितवर्गसम्म नपुग्दा छुट र सुविधाको लाभ लिन नसकिरहेकाले यसवारे सम्पूर्ण सूचना एकिकृत गरी यो पुस्तिका निकालिएको आयोगले जनाएको छ । पुस्तिकामा राज्यका बिभिन्न निकायहरूबाट महिलालाई लक्षित गरी दिईंदै आएका आर्थिक सहुलियत तथा सुविधाहरूको विवरण समावेस गरिएको छ ।

पुस्तिकामा महिलाको पारिश्रमिक आयमा हुने छुट, आयकर, उद्योग दर्ता गर्दा पाउने छुट, घरजग्गा दर्ता, नवीकरण उर्जा अनुदानजस्ता छुट र लैङ्गिक हिंसाका पीडितले पाउने सहायता, एकल महिलाका लागि सुरक्षा सहायता, बेचविखनमा परेकाहरूले पाउने सहायतालगायतका सूचना र जानकारी समेटिएको छ । यो पुस्तक युएन विमेनको सहयोगमा तयार गरिएको हो।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: