अंश दाबी बिना सम्बन्धविच्छेद गर्ने क्रम बढ्दो


प्रकाशित मिति :2016-10-26 11:00:57

महिला खबर

रोल्पा  । सम्बन्धविच्छेदका लागि  अदालत आएका धेरैजसो महिलाले अंश नलिने गरी सम्बन्धविच्छेदको उजुरी दिने गरेको पाइएको छ ।

जिल्ला कानुनी सहायता समितिको सहयोगमा गतवर्ष परेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको जनाएको छ ।

 जिल्ला कानुनी सहायता समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले   अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो र लामो  हुने भएकाले  छिटो टुङ्ग्याउन महिलाले अंश दाबी नगरेको हुन सक्ने बताउनुभयो  । यसरी अंश दावी नगरी सम्बन्ध बिच्छेद गर्ने महिलाका श्रीमान धेरैजसो बैदेशिक रोजगारीमा छन् ।

 सम्बन्धविच्छेद गरेकामध्ये शतप्रतिशतले दोस्रो विवाह गर्ने गरेको पाइएको छ । दोस्रो विवाहका लागि   कानुनी रुपमा छुट्टिएर सुरिक्षत हुनपनि सम्बन्धविच्छेद गर्नेले सम्पत्तिको दाबी नगरेको हुन सक्ने बनेपालीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: