महिला खबर
झापा । बाह्र वर्षीय एक बालिकालाई झारफुक गर्ने वहानामा यौन दुर्व्यवहार गरेको आरोपमा बिर्तामोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुललाई यौन दुर्व्यवहार गरेको आरेपमा इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।
झारफुक गर्न आएका उनले किशोरीकी आमालाई फूल र भाइलाई पानी लिन पठाएर बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्ने उजुरी आएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । रफिगुललाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comment Here!