महिला हिंसाका अधिकांश घट्नामा मेलमिलाप


मेलमिलाप गराउनु वाध्यताः प्रहरी, पीडकको मनोबल बढ्योः अधिकारकर्मी

प्रकाशित मिति :2016-10-26 13:24:49

घरेलु हिंसाका घटनामा श्रीमानलाई प्रहरी हिरासतमा राखेपनि त्यसको केहीदिन मै श्रीमती मिल्छौ छोडिदिनुस भन्न आउने कारणले मेेलमिलाप गराउन बाध्य भएको प्रहरीले बताएपनि मेलमिलापका कारण पीडकलाई कार्बाही नहुँदा उनीहरूको मनोवल बढेर महिालाले चरम हिंसा सहनु पर्ने अधिकारकर्मी बताउँछन्।

पार्वती पाण्डे

कपिलवस्तु । कपिलवस्तु लौगाईकी नैता शर्मा (नाम परिवर्तन) ले लगातार तीन छोरी जन्माइन्। यसैकारण श्रीमान र घर परिवारले उनलाई छोरा नजन्माएको भन्दै मानसिक यातना दिए। छोरा पाउन अर्को विहे गर्ने भन्दै नैतालाई धम्क्याउन थाले। त्यो पीडा सहन गाह्रो भएपनि उनी सार्वजनिक हुन चाहन्नन्।

हथौसाकी नानुमाया शर्मा (नाम परिवर्तन) ले आफूले पकाएको तरकारी मिठो भएन भनी दिनहुँ श्रीमानको सत्तोसराप खानुपर्छ । छोराछोरीका अगाडी रुन पनि गाह्रो, श्रीमानको गाली सहन पनि साह्रो। त्यो पीडालाई भित्रभित्रै दवाएर छोराछोरीका अगाडी हाँस्न बाध्य र विवश छन् नानुमाया ।

समाजमा धनी, शिक्षितवाटै पनि महिला प्रताडित छन् , यद्यपी उनीहरूले आफ्नो पीडालाई वाहिर ल्याउन हिचकिचाउँछन्। वाहिर भन्ने वित्तिकै घर निकाला भईन्छ की, छोराछोरीलाई समस्या पर्छ की, समाजले उल्टो दोषी भन्छ की? यस्तै यस्तै बाध्यता र परिवन्दले उनीहरू असह्य पीडा सहेर बस्न बाध्य छन्।

सरकारी एवं गैरसरकारी संघसंस्थाले यस्ता हिंसाविरुद्ध कार्यक्रम एवं अभियान चलाए पनि घट्ना रोकिएका छैनन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्यांक हेर्दा महिलामाथि हुने घरेलु हिंसा भयानक देखिन्छ । तर पनि करिव साढे ३ वर्षको समिक्षा गर्दा क्रमशः केही मात्रामा घटेको पाइन्छ।

तथ्यांक हेर्दा आर्थिक वर्ष ७०/७१ मा घरेलु हिंसा २१४, अन्य लैंगिक हिंसा २६३ रहेका छन्। प्रहरीका अनुसार यी मध्ये घरेलु हिंसाका २२१ र लैंगिक हिंसाका १९९ उजुरीलाई मेलमिलाप गराईएको छ।

यस्तै ७१/७२ मा १७६ घरेलु हिंसा र १४९ लैंगिक हिंसाका उजुरी प्हरीमा आए। जस मध्ये घरेलु हिंसाका १०८ र लैगिंक हिंसाका ९४ उजुरी मिलाईएको छ।

गत आर्थिक वर्षमा घरेलु हिंसाका २०२ घरेलु हिंसाका उजुरी मध्ये १३७ वटा घटना मेलमिलाप गरिएको छ। ६५ वटा उजुरी प्रक्रियामा रहेका छन्। लैंगिक हिंसा १ सय ६७ उजुरीमध्ये ११८ वटा मेलमिलाप गरिएको छ।
चालु आर्थिक वर्षको अहिलेसम्म घरेलु हिंसाका ८७ वटा उजुरी परे। यीमध्ये ४४ वटा मेलमिलाप गरियो भने ४३ वटा कारबाहीको प्रक्रियामा छन्।

उजुरीहरू आउने क्रम विगतमा भन्दा कम हुँदै आएको प्रहरी उपरिक्षक विष्णु कुमार केसी वताउँछन्। विभिन्न संघसंस्थाले गरेको सचेतीकरण र प्रहरीको सक्रियताले महिलामाथि हुने हिंसा हुने क्रम घटेको उनको वुझाई छ। प्रहरीमा आउने उजुरीहरू मेलमिलाप हुनुलाई सकारात्मक रुपले लिनुपर्ने उनले तर्क गरे । हिंसा रोक्ने काम प्रहरीकोमात्र नभएको भन्दै हिंसारहित समाज निमार्णमा सवै होस्टेमा हैंसे गर्नुपर्ने उपरिक्षक कसी बताउँछन्।

कानुन अनुसार घरेलु हिंसाको उजुरी दर्ता गरी कारबाही गर्ने निकाय प्रहरी नै भएकाले प्रहरीमा आएका उजुरीलाई मिलेसम्म मेलमिलाप गराइएको प्रहरी उपरिक्षक केसी बताउँछन् । मिल्न नसकेका मुद्दाहरू सिधै अदालतमा जान सक्ने उनले प्रष्ट्याए ।
‘प्रहरीमा आएका उजुरीलाई हेरी कारवाही प्रक्रिया अघि बढाउने क्रममा पीडकलाई ३० दिनसम्म हिरासतमा राख्नुपर्ने हुन्छ। तर पीडित श्रीमती आएर अव श्रीमानलाई छाडिदिनुहोस् हामी मिलेर बस्छौं भनेपछि प्रहरीलाई पनि मेलमिलाप गर्नुपर्ने वाध्यता हुन्छ’ उनले भने।

 जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आउने अधिकांस उजुरीमा श्रीमानले रक्सी खाइ श्रीमतीलाई गरि गालीगलौज,कुटपीट गर्ने, खान लाउन नदिने, मानसिक यातना दिने , विवाह दर्ता र नागरिकता नदिने रहेको महिला सेलका प्रमुख इन्दिरा गिरीले जानकारी दिइन् ।
कार्यालयमा आउने यस प्रकारका पीडित पीडक दुवै पक्षलाई राखेर सम्झाई वुझाई गरी अव आइन्दा पुनः गल्ति नगर्ने सहमतिमा मेलमिलाप गरिने गरिएको उनले बताइन् ।

 सामाजिक रुपमा महिलामाथि हेर्ने दृष्टिकोण अझै नबदलिएको अधिकारकर्मी मिना परियारको भनाई छ । प्रहरीमा आएका अधिकांश घटनालाई मेलमिलापमा लगिने भएकाले पनि पीडकको मनोवल बढ्ने गरेको उनको बुझाई छ। परियार भन्छिन ‘हामी पीडितलाई न्याय दिलाउन भन्दा पनि मिलेर बस्नुपर्छ भन्ने परिपाटीको विकास गराउन खोज्दैछौँ। यसले एकातिर पीडकको मनोबल बढ्न जान्छ भने अर्कातिर पीडितलाई सहनुपर्ने रहेछ भन्ने संस्कारको विकास गराउँछ।’

अधिवक्ता हुमनाथ पाण्डेका अनुसार घरेलु हिंसा गर्ने जो कोहीलाई पनि ३ हजार देखि २५ हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुन सक्छ। पटक पटक हिंसा गर्नेलाई दोव्वर सजाय र सार्वजनिक पद धारण गरेकोलाई थप १० प्रतिशत कानुनी सजाय हुने अधिवक्ता पाण्डे बताउँछन्

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: