महिला खबर
कपिलवस्तु । नयाँशक्ति पार्टी नेपालले देशलाई आर्थिक सम्वृद्धि तर्फ लैजाने दावी नायिका एवं नया शक्ति पार्टीका केन्द्रीय सदस्य करिष्मा मानन्धरले गर्नुभएको छ । वुधवार कपिलवस्तुका जितपुर चोकमा नयाँ शक्ति निकट सम्बृद्धि साँस्कृतिक संघ जिल्ला समिति कपिलवस्तुले नेपालीको तिहारको अवसरमा पारेर गरको बृहत साँस्कृतिक कार्यक्रममा उहाँले अवको निकास आर्थिक विकास र देशको सम्वृद्धि नै भएको भन्दै यसका लागि नयाँ सोच विचारका साथ नयाँ शक्ति अगाडि बढेको बताउनुभयो ।
आफूले लामो समयसम्म कलाकारिताको अनुभव संगाल्दै आए पनि देशमा नयाँ शक्तिको आवश्यकता भएको आफूलाई महशुस भएकाले राजनीतिमा लागेको नेता एवं नायिक मानन्धरले स्वष्ट पार्नुभयो । नयाँ सोचका साथ पार्टीले पाँच ‘स’ लाई अगाडि बढाएको उहाँले औल्याउनुभयो ।
आफूलाई केही नपुग नभएको भन्दै जनताकालागि केही गर्नुपर्ने आवश्यक ठानेर नै आफू राजनीतिमा लागेको उहाको भनाइ थियो । विदेशिएका हजारौं युवालाई स्वदेशमै रोजगारीमा लगाउने र जनतालाई आर्थिक सम्वृद्धि तर्फ डोर्याउने नेता मानन्धरले बताउनुभयो ।
अवको निकास आर्थिक विकास, सम्वृद्धि सम्भव छ, हाम्रै पालामा सम्बृद्धिका लागि साँस्कृतिक अभियान भन्ने नारासहित सुरु भएको सांस्कृतिक कार्यक्रम संघका जिल्ला अध्यक्ष सीता सारुको अध्यक्षता सम्पन्न भएको थियो ।
Comment Here!