बलात्कारी बाबुलाई २२ वर्ष कैद


प्रकाशित मिति :2016-10-27 10:40:38

सुमित्रा कोईराला

उदयपुर । छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत उदयपुरले २२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत उदयपुरले १३ वर्षीया छोरी गरेको बलात्कार गरेको आरोपमा थुनामा रहेका बेल्टारबसाहा नगरपालिका उनलाई २२ वर्षसम्मको कैद फैसला सुनाएको हो ।

बालिकाका बाबुसँगै बलात्कारमा संलग्न मामा र छिमेकी दाईलाई समेत अदालतले कैद सजाय सुनाएको छ । बालिकाकी आमा विदेश गएको मौका छोपी बाबु, मामा र छिमेकी दाईले छ महिनासम्म बालिकालाई नियमित बलात्कार गरेको उजुरीको आधारमा ०७३ बैशाख १७ गते उनीहरू प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधिश राजकुमार कोईरालाको एकल इजालासले मंगलबार तीन जनाविरुद्ध फरक फरक कैद र क्षतिपुर्तिको फैसला सुनाएको हो । अदालतले घटनाका मुख्य दोषी पीडितका वुवा लाई २२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना, मामालाई ११ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना र छिमेकी दाई पर्नेलाई ८ वर्ष कैद १० हजार रुपैयाँ क्षतिपुर्ति भराउन आदेश दिएको अदालतका सूचना अधिकारी कुल बहादुर बस्नेतले जानकानरी दिनुभयो ।

फैसला सुनाइएका तीनै जनाको आर्थिक अवस्था कमजोर भएकाले क्षतिपुर्तिको हकमा भने महिला तथा बालबालिका कार्यालयबाट भराउन आदेश दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: