समाजिक सञ्जालले समाज जोड्दै कि तोड्दै ?


सामाजिक सञ्जालको सदुपयोग गरौं

प्रकाशित मिति :2016-10-27 12:13:37

सृजना अर्याल

sn

चितवन। ‘के को लागि यो र्‍याली हो’ भरतपुर मालपोत कार्यालय अगाडी फलफुल बेचिरहेकी शान्ति भण्डारी फलफुलले भरिएको ठेला सार्दै सोधिन्। उनको ठेला निर आइपुगेकी अन्तर पार्टी महिला सञ्जाल चितवनकी अध्यक्ष संगिता भट्टराईले फेसबुकका कारण महिलालाई समाजमा धेरै खाले असर पर्‍यो त्यसैले सामाजिक सञ्जालको दुरुपयोग रोक्न निकालिएको सचेतना र्‍याली हो भन्दै फलफुल व्यवसायी शान्तिको जिज्ञासा मेटाइन्।
शान्तिले फेरी भनिन् ‘यो फेसबुकले त कति श्रीमान श्रीमती को नै छुटनाम पनि भाको छ रे, यसमा हेर्न हुनी नहुनी कुरा पनि राख्छन् रे ।’ आफ्नो फेसबुक नभएपनि फेसबुकका बारेमा उनी जानकार रहिछन्, अनि यसले पुर्‍याएको असरका बारेमा पनि सचेत।

उनीमात्र हैन सामाजिक सञ्जाल प्रयोगकर्ताहरू यसको बढ्दो दुरुपयोगका बारेमा यतिखेर चिन्तित छन्। प्रविधिको दुरुपयोग बढ्न थालेपछि यसविरुद्ध उनीहरू जुर्मुराउन थालेका छन्। सामाजिक सञ्जालका कारण धेरै खाले हिंसा , अपराधजन्य घटना पनि हुनथालेपछि बुधवार चितवनका महिला अधिकार कर्मीले सामाजिक सञ्जालमा प्रयोगको नाममा दुरुपयोग बढ्न थालेको भन्दै सचेतना र्‍यालीको आयोजना नै गरे। यसको दुरुपयोग रोक्न माग गर्दै उनीहरूले  जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाए

फेसबुकमा होइन कोर्सबुकमा ध्यान दिआैं, सामाजिक सञ्जालको प्रयोग सामाजिक कार्यका लागि गरौं, समाजिक सञ्जालले समाज जोड्दै कि तोड्दै? जस्ता नारा लेखिएका प्लेकाड र्‍यालीमा सहभागी बोकेका थिए। चितवन जिल्लामा रहेका १ सय ७ वटा संघसंस्थाका प्रतिनिधि र्‍यालीमा सहभागी थिए। सूचना, प्रविधि एवं सामाजिक सञ्जालको विकाससँगै यसको दुरुपयोगबाट समाजमा देखा परेका विकृति, विसंगति, अपराधजन्य गतिविधि र महिला हिंसालाई मध्येनजर गर्दै र्‍यालीको आयोजना गरिएको आयोजकहरूले बताए ।

unnamed

ध्यानाकर्षणपत्रमा सामाजिक संजाल दुरुपयोग बढ्दै गएका कारण रोकथाम गर्न कानुनको प्रभावकारी कार्यान्वयन र थप आवश्यक कानून, नीति निर्माण एवं निर्देशनका लागि राज्यका सरोकार राख्ने सबै निकायहरुमा अविलम्व निर्देशन गर्न ध्यानाकर्षण गराइएकोे छ।

यसविरुद्ध हस्ताक्षर संकलन , स्कुल कलेजलगायत अन्य सरोकारवालासगँ पनि व्यापक समन्वय गरेर कार्यक्रम गरिने अभियन्ता मीना खरेलले जानकारी दिइन्।

गतसाउनदेखि जिल्ला प्रहरी कार्यालय चितवनमा फेसबुक, मोवाइलको म्यासेजलगायतका अन्य सामाजिक सञ्जाल दुरुपयोग गरी आफूहरुलाई मानसिक यातना दिइएको भन्दै तीनवटा निवेदन परेका छन्। जाली फेसबुक आइडी बन्द गराउने पाँच वटा निवेदन परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सामाजिक सञ्जालका कारण घरेलु हिसांका घटना बढिरहेको र सामाजिक सञ्जाल कै कारण पनि महिलाले थप हिंसा सहन परेको महिला अधिकारकर्मी बताउँछन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: