महिला खबर
पर्वत । फलेवासस्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयले गृहिणी महिलालाई निःशुल्क कम्प्युटर सिकाउन थालेको छ ।
ग्रामीण क्षेत्रका महिलालाई आधुनिक शिक्षा र प्रविधिसँग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयमै निःशुल्क कम्प्युटर सिकाउन थालिएको हो ।
गृहिणी महिला आधुनिक प्रविधिबाट पछाडि परेको भन्दै निःशुल्क कम्प्युटर सिकाउने निर्णय गरेको पुस्तकालयका संरक्षक भोलानाथ शर्माले बताउनुभयो । गृहिणी महिलालाई बिहान ११ देखि ३ बजेसम्मको समय मिलाइएको छ । कम्प्युटर सिक्न फलेवास र वरिपरीका गरी ५० भन्दा बढी महिला सहभागी छन् ।
Comment Here!