लैंगिक समानताको विश्व वरियतामा नेपालको स्थान सुध्रिदैं


प्रकाशित मिति :2016-10-27 16:22:55

महिला खबर

gender-gap2
एजेन्सी । वर्ल्ड इकोनोमिक फोरमले प्रकाशित गरेको प्रतिवेदनले नेपाल लैंगिक समानता विश्व वरियतामा गत वर्षको तुलनामा २ स्थान माथि ‍‍उक्लिएको छ । नेपाल ११० औं स्थानमा परेको छ। लैंगिक भिन्नतामा कमी आउनुको मुख्य कारण महिलाको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रमा सुधार हुनु रहेको प्रतिवेदनमा उल्लेख छ। नेपालले यति मात्रै नभई स्वास्थ्य र राजनैतिक क्षेत्रमा पनि उल्लेखनीय सुधार गरेको छ। वर्ल्ड इकोनोमिक फोरमले यस सूचकका लागि खास गरि शिक्षा स्वास्थ्य राजनीति र आर्थिक क्षेत्रका आधारमा मुल्याङ्कन गर्दछ।

२००६ मा ११५ देशमा गरिएको अध्ययनमा नेपाल १११ औं स्थानमा थियो । गत वर्षपनि नेपाल ११० औं स्थानमै थियो । १० वर्ष अगाडी सन् २००६ मा नेपाल आर्थिक सहभागिता र अवशरमा सयौं स्थानमा रहेको थियो भने अहिले ११५ औं स्थानमा पुगेको छ । यसैगरी शिक्षामा १०९ रहेकोमा अहिले १२३ औं स्थानमा पुगेको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनका अनुसार सबैभन्दा लैंगिक समानता भएको देशमा आइसल्याण्ड परेको छ भने फिनल्याण्ड दोस्रो स्थानमा र नर्वे तेस्रो स्थानमा छन् । दक्षिण एसियाली देशहरूमा बंगलादेश सबैभन्दा अगाडी ७२ औं स्थानमा रहेको छ । त्यसैगरि भारत ८७ औं स्थानमा, श्रीलंका १००, माल्दिभ्स ११५, भुटान १२१ मा र पाकिस्तान १४४ औं स्थानमा परेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: