बालविवाह मुद्दामा तीनजना कारागार चलान


प्रकाशित मिति :2016-10-28 11:45:00

महिला खबर

खोटाङ । बालविवाहको मुद्दामा पक्राउ परेका खोटाङका तीन दाजुभाइ जेल चलान भएका छन् । अढाइ वर्षअघि भएको बालविवाहको मुद्दामा पक्राउ परेका जालपाका ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई जिल्ला अदालत खोटाङले जेल चलान गर्ने आदेश दिएको हो ।

उमेर नपुगेकी किशोरीसँग विवाह गरेको भन्दै भलाकाजी र विवाहमा सहयोग गरेकामा दाजु जापान र मदनविरुद्ध प्रहरीमा उजुरी परेको थियो । तीन दाजुभाइलाई गत साउन २५ गते जिल्ला अदालतले जनही पाँच हजार जरिवाना र एक एक महिना कैद सजाय तोकेको थियो ।

अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजी गरी बुधबार जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । पक्राउलगत्तै जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा अदालतकै आदेशमा बिहीबार कारागार चलान गरिएको हो । सुरुमै पक्राउ परेका उनीहरू १०  हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । बकपत्रपछि अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरूलाई खोजेर पक्राउ गरिएको हो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: