घरेलु मदिरानै अपराधिक घट्नाको कारक हो त ?


प्रकाशित मिति :2016-10-28 15:06:29

सर्मिला बुढाथोकी
दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर एककी साङ्डोल्मा तमाङ जन्मदेखि मृत्युपर्यन्त जाँड, रक्सीको प्रयोग हुने संस्कारमा हुर्किएकी हुन् । भोज भतेर, विवाह ब्रतबन्ध, पाहुनापातको स्वागतका लागि उनको घरमा रक्सी नभई केही पनि काम पूर्ण हुँदैन ।

आफ्नो गुनासो राख्दै पीडित महिला

आफ्नो गुनासो राख्दै पीडित महिला

परम्परालाई धान्न र जीविकोपार्जनमा पनि टेवा पुग्ने भएकाले साङडोल्माले आफ्नै घरमा रक्सी बनाउँथिन् । घरमा उत्पादन गरिएको रक्सी संस्कार धान्नमात्र नभई श्रीमानले पनि उत्तिकै खान्थे । रक्सी पार्नुको अलवा उनले रोजीरोटीकै लागि बंङ्गुर पनि पालिन् । रक्सी पार्नु उनका लागि पशुपतिको जात्रा सिद्राको व्यापार जस्तै हुन्थ्यो ।

जाँडबाट निस्किएको कट बङ्गुरका लागि दाना अनि संस्कारको लागि रक्सी त छँदै थियो । त्यसले अलिकति आम्दानी पनि हुन्थ्यो । श्रीमानले अत्यधिक रक्सी खाने भएपछि साङडोल्माले संस्कारको लागि विकल्प रोजौंला भनेर रक्सी पार्न छाडेको २ वर्ष भयो । तर पनि उनका श्रीमान रक्सीको मातमा भुल्न छाडेनन् । बरु साग बेचेर सिरानीमा राखेको पैसा झिकेर सिल्ड प्याक तिर रम्न लागे ।

साथी संस्था दोलखाले आयोजना गरेको महिलाको प्रगतिमा सामाजिक बाधाहरूको सम्बोधन विषयक कार्यक्रममा साङडोल्माले धेरै रक्सी खाएर विरामी परेपछि श्रीमानको उपचार खर्चका लागि ७ लाख रुपैयाँ खर्च गर्नु परेको बताईन् । मदिरा नियन्त्रण भनेर गरिबको घरमा पारेको रक्सी पोखेर समस्याको समाधान हुँदैन । नत्र घरमा नभएपछि मेरो श्रीमानले रक्सी खान छोड्नु पर्ने हो नी, साङडोल्माले भनिन् – बरु सरकारले मदिरा बिक्री वितरण सम्बन्धि कडा नीति बनाउनु पर्यो‍ ।

केही समय अगाडि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा भीमेश्वर नगरपालिका वडा नम्बर १ की बिष्णुमाया श्रेष्ठको घरमै पुगेर मदिरा नष्ट गरियो । उनको पनि प्रश्न साङडोल्माकै जस्तो थियो, घरेलु मदिराले चाही मात्ने अनि राज्यलाई कर तिरेर बेचिने मंहगो रक्सी चाही भिटामीन हो र ?

महिला तथा बालबालिका कार्यालय दोलखाको समन्वय तथा साथी संस्था दोलखाको आयोजनामा भएको मदिराको प्रयोगले समाज र परिवारमा पारेको असर विषयक अन्तक्रिया कार्यक्रमा सहभागीहरूले घरेलु मदिराले मात्र समाजमा विकृति नल्याएको तर्क गरेका थिए ।

सो अवसरमा जिल्लामा भएका अपराधिक घट्ना मध्ये ५० प्रतिशत भन्दा बढी घट्नाको कारक मदिरा रहेको देखिएको जिल्ला न्यायधिवक्ता कैलाश दहालले बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: