सुत्केरीको हत्या


प्रकाशित मिति :2016-10-28 16:41:33

इन्दिरा खनाल
बुटवल । रुपन्देहीको देवदहमा २ महिनाकी सुत्केरी महिलाको हत्या भएको छ । देवदह २ ढेकारस्थित आफ्नै घरमा गएराती १ बजे हत्या भएको हो ।

अन्दाजी २३ वर्षीया निमकला पाण्डेलाई अपरिचित व्यक्तिले हतियार प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । अर्को कोठामा सुतिरहेका ससुरा देवीप्रसाद पाण्डेले राति ३ बजेतिर दुई महिनाकी छोरी रोएको सुनेपछि कोठामा पुग्दा बुहारीको शरीरबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै घटनास्थल पुगेको प्रहरीले गम्भीर घाइते भएकी निमकलालाई मणीग्रामको क्रिमशन अस्पताल पुर्‍याएको थियो । हतियारको प्रहारबाट घाईते भएकी उनकोे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

हत्यामा कुनै गिरोह संलग्न भएको आशंकामा अनुसन्धान सुरु गरिएको र छिटै पक्राउ गरिने मसासिनीले बताए ।

हत्या गर्ने समूहले पान्डेले लगाएको सुनको सिक्री ,मगंलसुत्रलगायतका साढे चार तोला गरगहना लुटेर लगेका छन् । पाण्डेका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा दुबइमा रहेको र घरमा १ छोरा १ छोरी, सासुससुरा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: