शान्तिका लागि महिला पुरुष दुवैको भूमिका समान


प्रकाशित मिति :2016-10-28 17:13:41

महिला खबर
पोखरा। शान्ति र विकासकालागि महिला पुरुष दुवैको समान भूमिका र दायित्व हुने एक कार्यक्रमका सहभागीले बताएका छन्। संचाारिका समूह पश्चिमाञ्चलको आयोजना तथा युएनडीपीको सहयोगमा संचालित लै‌ंगिक हिंसा न्यूनिकरणकालागि समुदाय र सरोकारवालाका बीच अन्तरसंवाद कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन्।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालका प्रमुख लक्ष्मी जि.सीले महिला अधिकारको विषय सतही देखिएको भन्दै सामाजिक न्यायकालागि महिला आफ्नो अधिकार र कर्तव्यप्रतिस्वयं सचेत हुनुपर्ने बताउनुभयो। महिलाले भोगेको जीवन बाहिरबाट देखेजस्तो सहज छैन भन्दै उहाँले सामाजिक मुल्यमान्यता अँगाल्ने नाउँमा महिलाले धेरै हिंसा सहेर बस्न बाध्य भएको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय कास्कीका महिला तथा बालबालिका सेल प्रमुख चन्द्रा गुरुङले समाज जति जति आधुनिक हुँदै गयो उत्तिनै महिलाकालागि असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। विभिन्न सामाजिक संजालको दुरुपयोग मार्फत पनि महिलामाथि हिंसा हुने गरेको अवस्था उहाँले औंल्याउनु भएको थियो।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीलले समुन्नत समाजको लागि महिला पुरुष दुवैको सहअस्तित्व आवश्यक रहेको बताउनुभयो। पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेलले कानुनले मात्र महिला अधिकार स्थापित नहुने भन्दै महिला प्रति सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताउनुभयो।

विभिन्न क्षेत्रका ४० जना अधिकारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा लैंगिक समानताका पक्षमा बिभिन्न प्रस्तुतिकरण गरिएको थियो। कार्यक्रममा, लैंगिकतामा आधारित हिंसाका विषयमा संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष एवं एन पिस लिडर जमुना वर्षा शर्मा, हिंसा न्यूनिकरणमा संचारको भूमिकाका विषयमा संचारकर्मी एवं एन पिस लिडर सरस्वती गुरुङ, संयुक्त राष्टसंघको सुरक्षा परिषद्बाट पारित प्र.नं. १३२५ र १८२० सम्बन्धि परिचयमा दलित महिला संघका केन्द्रिय उपाध्यक्ष एवं एन पिस लिडर चमेली खाँती र लैंगिक समानताका लागि संवैधानिक व्यवस्थाका बारेमा अधिवक्ता एवं एन पिस लिडर गीता आचार्यले सहजीकरण गर्नु भएको थियो। प्रस्तुत विषयमा सहभागी अधिकारकर्मी एवं संचारकर्मीले लैंगिक समानताका लागि सबै महिला एकजुट हुनु पर्ने बताएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: