फूल बेचेर मासिक साढे दुई लाख रुपैयाँसम्म आम्दानी


प्रकाशित मिति :2016-10-30 10:00:35

बेलिना थापा

11
लमजुङ । हुमा गुरुङको समय प्रायः आफ्नै नर्सरीमै वित्छ । उनले जिल्लामै पहिलो पटक व्यावसायीक रुपमा फूल खेती गर्न थालेकी हुन् । गुरुङले यस व्यवसायबाट राम्रै आम्दानी गर्दै आएको बताइन् ।

यतिवेला सिजन भएकाले पनि उनलाई भ्याइनभ्याइ छ । ४० प्रजातीका फूलका बेर्ना रहेको उनको नर्सरीमा दैनिक ग्राहकको भिड लाग्ने गर्छ । उनी भन्छिन् ‘सिजनमा त दैनिक १५ हजार रुपैयाँसम्मका बेर्ना बिक्री हुन्छन्, फूलको बिक्री पनि त्यही मुल्य मै हुँदै आएको छ ।’

गुरुङले फूलको सानो बेर्ना २० देखि २५ रुपैयाँ र ठूलो बेर्नाको २ हजारदेखि २५ सय रुपैयाँसम्म बिक्री हुने गरेको बताइन् । असोज र कात्तिक फूलका बिक्रिका लागि उपयुक्त महिना भएकाले समेत बिक्रीवितरण राम्रो भएको उनको भनाई छ ।

img_20161026_133103

‘सिजनमा त मासिक साढे दुई लाख रुपैयाँसम्मको बेर्ना र फूल बिक्री हुन्छ,’ उनले थपिन् अघिपछि भने लाख, डेढ लाख रुपैयाँमा चित्त बुझाउनुपर्छ ।’

बेसीशहर बोहोराबेसीमा उनले तीनवर्षअघिबाट व्यवसाय शुरु गरेकी हुन् । तर, गुरुङले एकवर्षपछिमात्र व्यावसायिक रुपमा बिक्री वितरण शुरु गरेको बताइन् । झण्डै साढे चार रोपनी क्षेत्रफलमा फैलिएको उनको नर्सरीमा जिल्लाका गाउँदेखि शहरबजारका मानिस फूल किन्न आउने गरेका छन् । नर्सरीबाट उत्पादित बेर्ना र फूल जिल्लामा मात्र नभई बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ ।

व्यवसाय सञ्चालनका लागि नर्सरी बनाउन र सामग्री खरिदमा २० लाख रुपैयाँ रकम खर्च भएको सञ्चालक गुरुङले बताइन् । गुरुङले एक जना स्थायी र एक जना सिजनल कर्मचारी समेत राखेकी छन् ।

img_20161026_141915

‘सुरु सुरुमा त बेर्ना हुर्काउन निकै समस्या भयो,’ उनले भनिन् ‘सिक्दै गएपछि ७० प्रतिशत वेर्ना जोगाउन सफल भएकी छु ।’ पुष्प विकास केन्द्रबाट तालिम लिएकी उनले काठमाडौंबाटै गुणस्तरीय विउ मगाएर बेर्ना उमार्ने गरेको बताइन् । उनले पुष्प नर्सरीका लागि दुईवटा आधुनिक टनेल निर्माण गरेकी छन् । जस्मा बाह्रमासे फूलका बेर्ना उमार्न थालेको उनले बताइन् ।

जुनसुकै पेशालाई फरक तरिकाले अंगाल्न सकेमा स्थानियस्तरमै प्रशस्त आम्दानी गर्न सकिने उनको भनाई छ । जाँगरका साथ दृढ संकल्प लिएर स्वनिर्भर बन्ने उद्देश्य पालेकी ३२ वर्षीया हुमाले आफ्नो पुष्प व्यवसायका कारण अरु महिलालाई पनि व्यवसायी उत्प्रेरणा थप्न र प्रेरणाको स्रोत बन्न सफल भएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: