यमुना खनाल
सिराह । जिबछी देबी पण्डितलाई अहिले दिनरात एकै नास भएको छ । अहिले उनी दिन रात माटोका भाडा बनाउन ब्यस्त छिन । रातभरी माटो तयार गर्ने जिबछी उज्यालो हुने बित्तिकै चर्खा घुमाउँछिन् र काँचो माटोबाट दिपावली र छठमा प्रयोग हुने माटोका भाँडाको आकृति निकाल्छिन् ।
५० वर्षीया जिबछी देबीले यो काम गरेको ४० बर्ष भन्दा बढी भयो । लगानी बढी लगाउनु नपर्ने र आम्दानी राम्रै हुने हँुदा माटोका भाँडा बनाएरै ६ जनाको परिवार चलेको उनी बताउँछिन् । पुरुषले मात्र चर्खा घुमाउने काम गरेपनि जिबछी देबी भने चर्खा घुमाएर माटोका भाँडाका आकार बनाउँछिन् ।
लहान नगरपालिका वडा नम्बर ६ कुमर टोलका २० घरधुरीका कुमाल महिला, पुरुषव्यवसायिक रुपमै माटोको भाँडा बनाउँछन् । उनीहरूको यही पेशाबाट गुजारा चलेको छ ।
दिपावली र छठको समयमा बढी बिक्री हुने माटोको सामान बेचेर नै यहाँका कुमालहरुले वर्ष दिनको जोहो गर्ने गर्दछन् । अन्य समयमा सामान्य बिक्री
हुने माटोका सामान दिपावली र छठमा भने बजारमा माग भए अनुसार पु¥याउनै नसकिने भुको देबी पण्डित बताउँछिन् ।
जिबछी पण्डित जस्तै भुको पण्डित, अनिता पण्डितको परिवार पनि माटोका भाँडा बनाएर चलेको छ । उनीहरू श्रीमान् श्रीमती दुबै मिलेर माटोका भाँडा बनाउछन्, र लहान बजारमा बिक्री गर्छन् ।
लक्ष्मी पूजा र छठ पर्बमामा बजारमा माग बढी भएकाले रातभरी बनाउने गरेको अनिता पण्डित बताउँछिन् ।
दिपा्वलीदेखि छठ पर्बसम्म दियो ,माटोका हात्ती ,करही ,गाग्रीलगायतका माटोका सामग्रीको बिक्री बढी हुने अनिता बताउँछिन् ।
Comment Here!