महिला खबर
दोलखा । प्राकृतिक प्रकोप न्युनिकरण र व्यक्तिगत सुरक्षाका लागि दोलखाको शैलुङ्गेश्वर गाविसका महिला, बालबालिकालाई सुरक्षा तथा विपद् न्युनिकरण तालिम दिईएको छ ।
प्लान नेपालको सहयोगमा ईकार्डस दोलखाले दिएको तालिममा प्राकृतिक प्रकोपको बेला सुरक्षित रहने उपाय, भूकम्प तथा भू–क्षयबाट सुरक्षित घर बनाउने तरिका, डकर्मी तालिम लगायतको विषयमा जानकारी पाएको सामाजिक परिचालक अमृता श्रेष्ठले बताईन् ।
तालिममा शैलुङ्गेश्वर गाविसका स्वास्थ्य स्वयमसेविका, आमा समूह, बाल क्लबका सदस्य गरी १ सय जना सहभागी थिए ।
Comment Here!