लोप हुँदै ढिकी र जातो


प्रकाशित मिति :2016-10-31 12:00:48

पार्वती पाण्डे
कपिलवस्तु । प्रविधिको विकाससँगै अहिले परपम्पगत प्रविधि ढिकी र जाँतो लोपको संघारमा पुगेको छ । केहीवर्षसम्म तिहारमा ढिकी वा जाँतोबाट पिसिएको चामलको पीठोबाट सेल रोटी बनाउने गरिन्थ्यो । अहिले यी प्रविधि पाइन छाडे पछि मिलबाट पिसिएको पीठोबाट गृहिणीहरूले सेल रोटी बनाउने गरेका छन् ।

जाँतोमा चामल पिस्दै कपिलवस्तु नगरपालिका आर्दश टोलकी एक महिला

जाँतोमा चामल पिस्दै कपिलवस्तु नगरपालिका आर्दश टोलकी एक महिला

नजिकिँदै गरेको तिहारसँगै कपिलवस्तुको हरिहरपुरकी सविना शर्मा सेलरोटी बनाउने तरखरमा छिन् । तिहारकालागि सेल, फिनी, अनरसा, झिनिया, अर्सालगायत रोटी बनाउनकालागि चाहिने पीठो पिस्न एकहप्ता देखि ढिकी जाँतोको खोजीमा छिन । छरछिमेकी, गाउँ गाउँमा चहार्दा पनि ढिकीजाँतो नपाएपछि उनी निराश भइन् । ‘ एकहप्तादेखि चामलको पीठो पिस्न ढिकी जाँतोको खोजीमा लागेकी छु तर कही भेटिनँ ’ उनले भनिन् ।

आधुनिक मेशिनले पिसेको भन्दा ढिकी जातोले पिसेको पीठोबाट बनाएको रोटी राम्रो बन्ने गरेकाले आफूले ढिकीजाँतोको खोजीमा रहेको उनले बताईन् ।

निग्लिहबा गाबिस, कटुबाकी शशी चौधरीले पनि तिहारमा सेल बनाउने पीठो पिस्न ढिकीजाँतो खोजी गरे पनि नपाएको बताईन् । ‘पाँचदिनदेखि ढिकी जाँतो खोजे पनि कही भेटिनँ’ उनले भनिन् । ढिकीजाँतो नपाएपछि नजिकैको मीलमा गएर पीठो पिसाउने सोचमा गएको उनले बताईन् ।

उता मेहनत मजदुरी गरी खाने धनकौलीकी मुक्त कमैया राजमती थरुनी ढिकी जाँतो नपाएपछि गाउँ कै आधुनिक मिलमा पुगेर धान कुटेर चामल र चिउरा ल्याएको बताईन् । केही वर्ष अघिसम्म तिहारमा बनाईने बिभिन्न प्रकारका रोटी ढिकीजाँतोबाट पिसेको पीठोबाट बनाईन्थ्यो । तर अहिले भने गाउँ घरबाट परम्परागत ढिकी र जातो लोप भएपछि आधुनिक मीलबाट पीठो पिसाउने चलन आएको छ ।

जिल्लाका प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिध्न अत्याधुनिक विद्युतीय मिल संचालनमा आएपछि ढिकी जाँतोको प्रयोग हराउँदै गएको छ ।

अहिले यहाँ समय परिवर्तनसँगै आदिबासी थारु समुदायले परम्परादेखि प्रयोग गर्दै आएका ढिकी र जातो (चकिया) चलाउन छोडेका छन् ।
कुटानी पिसानीका लागि प्रयोग हुने ढिकी र जाँतोको प्रयोग छोडेपछि ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको छ । जिल्लाका प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिँध्न अत्याधुनिक विद्युतीय मिलहरु संचालनमा आए पछि अधिकांस थारु समुदायले ढिकी र जातो लोप हुने अवस्थामा पुगेको हुन् ।

पाँचवर्ष अघिसम्म सबै थारुले यहा यता ढिकी र जाँतोको बढी प्रयोग गर्दथे तर अब प्रयोग र बनाउने क्रम घटदै गएको कुरा थारु शिक्षक सिताराम चौधरीले बताए । ‘ तिहारका बेलामा त यस्को प्रयोग अझ बढी हुन्थ्यो, तर अहिले भने गाउँ घरमा यो देखिनै छाड्यो ’ उनले भने । ‘बनबाट काठ ल्याई ढिकी र खोलाबाट ढुङ्गा ल्याई चकिया बनाउने थारु समुदायका नयाँपिढीले उक्त समान बनाउने सिप सिक्न समेत लोप भयो, ’ जिबिसका थारु समुदायका अगुवा तथा जिबिसका पुर्व सभापति कृष्ण बहादुर चौधरीले गदै भने ‘ अहिले उक्त समान बनाउने सीप सिक्न समेत लाज मान्छन् ’ । ‘पहिले जुन घरमा ढिकी र जातो हुँदैन थियो, त्यो घरमा कसैले विवहा गर्दैन्थ्यो तर अब समय परिर्बतनसँगै पुरानो कला संस्कृती लोप हुँदा समेत कसैलाई कुनै चिन्ता छैन्’ उनले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: