तिहारमा ऊनको टोपी दाजुभाइलाई उपहार


प्रकाशित मिति :2016-11-01 10:05:43

सर्मिला बुढाथोकी

माया घिमिरे

माया घिमिरे

दोलखा । तिहारमा दाजुभाइलाई टिका लगाई दिएर ढाकाको टोपीको सट्टा ऊनीको टापी दिने प्रचलन बढेको छ । दोलखामा अहिले तिहारको चटारोसँगै ऊनबाट हातले बुनेका टोपी, गलबन्दीलगायतको सामानको बिक्री बढेको छ । ऊनबाट बिभिन्न सामग्री बनाउँदै आएकी दोलखा भीमेश्वर नगरपालिकाकी माया घिमिरे दिदी बहिनीले दाजुभाइका लागि ऊनबाट बनेका स्वीटर, गलबन्दि, टोपी लगायतका सामान दिन लैजाने प्रचलन बढेको बताउँछिन् ।

त्यसैले माया घिमिरेको दिन धागो र काँटा खेलाएरै बित्छ गरेको छ । जाडो मौसममा बुनेका न्यानो कपडाको अत्याधिक माग बढेपछि मायालाई बुन्ने काम बाहेक अरुकामका लागि फुर्सदै हुँदैन । झन तिहारमा उपहारको लागि ऊनका सामानको माग बढेपछि आफूलाई फुर्सदै नहुने गरेको मायाले बताइन् । अर्डरको काम सिध्याउन हम्मेहम्मे पर्ने भएकाले साँझ विहान जतिबेला पनि बुनाइमै ब्यस्त देखिने मायाको धागो पसल समेत छ ।

मायाको पसलमा धेरै जसो जाडो मौसमका लागि ऊनको धागोबाट हातले बुनेका स्वीटर, मोजा, पञ्जा, टोपी आउटर, गलबन्दीलगायतका सामान पाइन्छ । हातले बुनेका सामग्रीबाट आकर्षित हुने आन्तरिक र बाह्य पर्यटकले उपहार र चिनोका लागि ऊनबाट बनेका सामान किन्ने गरेका छन् । तिहारमा दिदी बहिनीले दाजु भाइलाई टिका लगाएर उपहार दिनको लागि ऊनबाट बनेको टोपी, गलबन्दी र स्वीटर लाने गरेको माया बताउँछिन् ।

आफूले जाडोको लागिमात्र नभई गर्मी यामका लागि पनि बिभिन्न आइटमको कपडा बुन्न थालेको दशक नाघीसकेको मायाले बताउनु भयो । ग्राहककोे अर्डर आए ऊनीको धागोबाट बन्ने जुनसुकै सामाग्री सहजै बनाउने गरेको माया बताउनु हुन्छ । माया भन्नु हुन्छ – हातमा सीप हुनेले खाली बस्नु पर्दैन, आम्दानीको पनि चिन्ता हुँदैन । ऊनको सामान बेचेर मासिक ३५ हजारसम्म आम्दानी हुने गरेको मायाको भनाई छ ।

गैरीमुदी गाविसकी रीता बुढाथोकीले पनि बुनाई पेशा गर्न लागेको १३ वर्ष पुग्यो । कुरा गर्दै काँटा र धागो चलाईरहने रिताको लक्ष्य पनि जाडो मौसममा बढी सामान बेच्नु रहेको छ । रीता बिशेष गरेर ऊनीको धागोबाट बनेका कपडाको विक्री वितरण जाडो मौसममा हुने भएकाले गर्मी मौसममा समेत उनी व्यस्त हुन्छिन् । हातकै सीपबाट मासिक २० देखि ३० हजारसम्म आम्दानी गर्ने गरेको बुढाथोकीले बताइन् । बुढाथोकी भन्छिन् ‘केहीवर्ष यता तिहारमा समेत ऊनबाट बनेको सामान उपहारको रुपमा दिने प्रचलन बढेकोले यसको माग समेत निक्कै बढेको छ ।’

सदरमुकाम चरिकोटमा ऊनबाट बिभिन्न हाते सामग्री बनाएर बेच्ने महिला ६÷७ जना छन् । हाते बुनाईको लागि आधुनिक प्रविधि उपलब्ध नहुँदा बढी मिहिनेत पर्ने, तर मेहेनत अनुसारको आम्दानी भने नहुने उनीहरूको गुनासो छ । हातले नै ऊनको बिभिन्न सामग्री तयार गर्न आधुनिक उपकरण र बिशेष तालिमको व्यवस्था भए यसको माग अनुसार आम्दानी निक्कै हुने माया घिमिरे बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: