महिला खबर
काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले आज विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा राष्ट्रपति निवास शीतलनिवासमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभयो ।
सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरू कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिनुभएको थियो ।
साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्या भण्डारी, दिदीहरू कल्पना भण्डारी र कविता पाण्डेलाई टीका लगाईदिनुभएको थियो ।
भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो । मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
Comment Here!